१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमानीकलीको बच्चा जन्मियो

चितवन- हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ। १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो। हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ।     
     
तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो। गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए। चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी र सिमसारकली गर्भिणी रहेका छन्।

हात्तीले २२ देखि २४ महीनामा बच्चा जन्माउँछ। गर्भिणी रहेका सिमसारकली सौराहा र कोशीकली प्यारीढापमा रहेका छन्। अन्य सबै तालीम केन्द्रमा छन्।    

तालीम केन्द्रमा हाल ६ साना बच्चा, तीन ठूला बच्चा, सात ठूला पोथी र पाँच भाले गरी २१ वटा हात्ती छन्। निकुञ्जको तालीम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टहरुमा गरेर ६१ हात्ती छन्। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App