१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अविरल वर्षाले जनजीवन प्रभावित

लहान- विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ।

लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन्। दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ।    

वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिंडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। हुलाकी सडकको धेरै ठाउँमा बाटो हिलाम्य भएको छ।     

निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।     
    

प्रकाशित: १३ आश्विन २०७६ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App