१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

६.४ म्याग्निच्युडको भूकम्प

मनिला, – दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो। इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ। फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको सो भूकम्प सुरुमा ६.७ म्याग्निच्युड मापन गरिएको थियो।

इन्डोनेसिया भूकम्पीय जोखिममा रहेको मुलुक हो। गत बिहीबार मात्र इन्डोनेसियाको पूर्वी प्रान्तमा ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका थिए। भूकम्पका कारण ठूलो मात्रामा पूर्वाधारमा क्षति पुगेको थियो।

फिलिपिन्सको भूगर्भ मापन केन्द्रका अनुसार डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार बिहान १० बजे गएको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करीब ६० मिटर गहिराइमा रहेको थियो। प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति भएको समाचार प्राप्त नभएको फिलिपिन्सका उद्धार अधिकारीहरूले जनाएका छन्। तर भूकम्पका परकम्पन आउने क्रम भने जारी रहेको छ। फिलिपिन्सका किडापावान, डाभाओ, सारानगानी, जेनेरल सान्तोस, कागायान डी ओरो, जिनगुग र बिसलिग सहरमा पनि भूकम्पको धक्का अनुभव गरिएको थियो।
 

प्रकाशित: १३ आश्विन २०७६ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App