१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थतन्त्र विकासमा गढीमाईको ठूलो योगदान–राष्ट्रपति

फाइल फोटो

वीरगञ्ज– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबर्दधन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकी छिन्। आइतबारदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाई क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएकी छिन्। प्रत्येक वर्ष तराईलगायत यस क्षेत्रमा हुने डुबान र  नदी कटानको कारण ठूलो मात्रामा अन्नबालीको क्षति हुने भएकाले यसलाई रोक्न दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन्। 

उनले नेपाल सरकारले गढीमाई नगरपालिकालाई नमुना शहरका रुपमा विकास गर्न सारेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै प्रदेश नं २ सरकारले अगाडि सारेको  ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा आफनो पूर्ण समर्थन रहेको बताइन्।  

उनले यस क्षेत्रलाई सरकारले माछामा आत्मनिर्भर बनाउन माछा सुपर जोन कार्यक्रम अघि सारेको बताउँदै कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्न सङ्घीय सरकार कटिबद्ध रहेको बताइन्।  

प्रत्येक पाँच पाँच वर्ष वर्षमा लाग्ने सो मेलाको शोभायात्राको उद्घाटनमा गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम ढकाल, उच्च अदालत जनकपुर वीरगञ्जका मुख्य न्यायाधीश दिल्लीराज आचार्य, सांसद रमेशप्रसाद यादव, गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साहलगायतले गढीमाई मेलालाई सम्बोधन गरेका थिए। रासस

प्रकाशित: १२ आश्विन २०७६ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App