१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ। पार्टीले आगमी असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र  छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि कार्ड बाँढिने भएको हो।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ। 

चियापानमा निम्ताका लागि  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो । रासस

प्रकाशित: १२ आश्विन २०७६ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App