१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आपसी झगडामा एक जनाको मृत्यु

गुल्मी - गुल्मीमा एक आपसमा झगडा हुदाँ एकजनाको ज्यान गएको छ। जिल्लाको कालिगण्डकी गाँउपालिका वडा नम्बर ६ तल्लो केरूङका ६४ वर्षिय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षिय टोप बहादुर सार्कीबीच शनिवार राति आपसी झगडा हुँदा दुर्गादत्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी मीन घलेले जानकारी दिए।

झगडा भएपछि दुर्गादत्त घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। टोप बहादुरलाई राति १ बजे रूरू गाँउपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। ढकाल र सार्कीबिच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुने गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७६ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App