१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चार उद्यमी सम्मानित

सम्मानित उद्योगी रामबहादुर राई, चन्द्रकुमारी गुरुङ, धनसुर परियार र बलराम राई (दायाँबाट क्रमशः)। तस्बिरः दमन रार्इ

खोटाङ– खोटाङका चार उद्यमी सम्मानित भएका छन् । प्रथम उद्योग दिवसको अवसरमा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफूल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरीपालक बलराम राई र सिलाइकटाइ व्यवसायी धनसुर परियारलाई सम्मान गरेको हो ।

गाउँमा बसेर स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरणा जगाउँदै लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनमा योगदान पु¥याएकोमा नेर्पा–८ की चन्द्रकुमारी, कुभिण्डे–४ का रामबहादुर, छोरम्बु–५ का बलराम र याम्खा–५ का धनसुरलाई जनही एक हजार रुपैयाँका साथै कदरपत्र प्रदान गरिएको छ । सफल र क्रियाशील चार उद्यमीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले नगद तथा कदरपत्र प्रदान गरेका हुन् ।  

लामो समयदेखि राडीपाखी व्यवसायमा संलग्न चन्द्रकुमारी राडीपाखीका प्रशिक्षक समेत हुन् । भेडाको उनबाट उच्चकोटीको राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायत सामान तयार पार्दै आएकी उनी यही पेसाबाट जिल्लामा परिचित छिन् ।  राडीपाखी बुन्न सिकाउन प्रशिक्षककै रुपमा पश्चिममा रुकुम, जाजरकोटदेखि पूर्वको संखुवासभा, ओखलढुंगा लगायत जिल्लामा समेत पुगिसकेकी गुरुङलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख लोकनाथ खतिवडाले बताए । सम्मानित व्यवसायीमध्ये रामबहादुरले २०६५ देखि हिमालय फलफूल प्रशोधन केन्द्र सञ्चालन गर्दै आएका छन् । छोरम्बु–५ का बलरामको मौरीपालन व्यवसाय तथा खोटाङ सीप विकास प्रशिक्षण केन्द्र २०६५ सालदेखि सञ्चालनमा छ । याम्खा–५ का धनसुर २०५३ देखि लिलिमा सिलाई कटाई उद्योग सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा सम्मानित व्यवसायी चन्द्रकुमारीले राज्यको संयन्त्र उद्योगमैत्री नहुँदा उद्योग फस्टाउन नसकेको गुनासो गरिन् । ‘साना उद्योग आर्थिक समस्याबाट गुज्रिरहेको छ,’ गुरुङले भनिन्, ‘उद्योग शीर्षकको रकम निकासा गर्न जाँदा जिविसकै एक कर्मचारीले तीन हजार रुपैयाँ खाइदियो, यस्तो प्रवृत्ति भएपछि कहाँबाट उद्योग उँभो लाग्छ ?’ यस्तै, व्यवसायी रामबहादुरले साना उद्योगको पक्षमा उद्योग ऐन कार्यान्वयनमा नल्याएको गुनासो गरे । उद्योग दिवसको अवसरमा दिक्तेलको हाटडाँडाबाट निकालिएको ¥याली जिविसको हलमा पुगेर सभामा परिणत भएको थियो ।

 

प्रकाशित: १० मंसिर २०७३ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App