१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्षको शुभारम्भ

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ को आज शुभारम्भ गरेकि छन्।    
     
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको सो कार्यक्रममा भारतसहित नेपालका एक हजार ५ सय जनाको सहभागिता रहेको छ।     
     
सो अवसरमा मन्त्री अर्यालले राजयोग शिक्षा मानिसलाई व्याहारिक बनाउने भएकाले यसलाई तल्लो तहसम्म पुर्‍याउनुपर्ने बताउँदै मानिसको चरित्र निर्माण गर्ने राजयोग शिक्षालाई विद्यालय तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।    

उनले समाजमा रहेका विभिन्न खालका विकृति र विसङ्गतिलाई न्यूनीकरणमा समेत राजयोग शिक्षा सहयोगी बन्ने विश्वास व्यक्त गरिन्। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका समाज सेवा विभागका अध्यक्ष राजयोग ब्रह्माकुमार अमिरचन्दले राजयोग शिक्षाले तनावमुक्त जीवनशैली अवलम्बन गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे।     
     
सांसद भिमसेनदास प्रधानले समाजको सकारात्मक रुपान्तरणमा राजयोग सेवा केन्द्रले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।     
     
व्यक्तिभित्र रहेको आध्यात्मिक जागृति र सशक्तिकरणद्वारा समाजमा शान्ति, सद्भाव, सहयोग र समृद्धिको स्थितिलाई पुनः स्थापना गर्न सकियोस् भनेर अभियान सञ्चालन गर्न थालिएको केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दिदीले जानकारी दिइन्।     
     
अभियान अन्तर्गत देशभरि नै विभिन्न विषयमा चिन्तन, प्रवचन, गोष्ठी गरी आध्यामिक जागरण ल्याइने छ। रासस   
 

प्रकाशित: ११ आश्विन २०७६ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App