१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलको लगातार सातौं जित

काठमाडौं– इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार सातौं जित दर्ता गराएको छ। सेफिल्ड युनाइटेडका गोल किपर डिएन हेन्डरसनको गल्तीमा  विजयी भएको हो।

लिभरपुलका जर्जिनियो विज्नाल्डमको प्रहारलाई गोलकिपर हेन्डरसनले हातबाट फुत्काएपछि बलले गोलको दिशा लिएको थियो।

शनिबार आफ्नै ग्राउण्डमा भएको खेलमा सेफिल्ड युनाइटेडले लिभरपुललाई दबाबमा राखेको थियो। तर, ७० औं मिनेटमा विज्नाल्डमको गोल नै निर्णयक बन्यो। खेलमा लिभरपुरले थप गोलका अवसरलाई गुमाएको थियो। 

प्रिमियर लिग फुटबलमा लिभरपुल एक मात्र अपराजित टोली हो। जितसंगै लिभरपुर २१ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ। ६ खेल खेलेको म्यान्चेस्टार सिटी १३ अंक सहित दोस्रो स्थानमा आसिन छ।

आजै हुने अन्य खेलमा चेल्सीले घरेलु मैदानमा ब्राइटनको सामना गर्दैछ। यस्तै टोटेनहमले साउथह्याम्पटनको, बर्नेमाउथले वेष्ट ह्याम, एस्टन भिल्लाले बर्नेली, क्रिस्टलले नर्विच र वुल्भ्सले वाट्फोर्डबिच प्रतिस्पर्धा हुँदैछ।

यता शनिबारको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको सिटीले एभर्टनको सामना गर्दैछ। 

प्रकाशित: ११ आश्विन २०७६ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App