१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेश र भारत फाइनलमा

काठमाडौं – नेपालमा जारी साफ यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन्। हलचोक स्थित एपिएफ क्लबको मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई र भारतले माल्दिभ्सलाई समान ४–० ले नै पराजित गर्दै आइतबार हुने फाइनलमा स्थान पक्का गरेका हुन्।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानमाथी सहज जित हात पार्ने क्रममा बंगलादेशका लागि तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक÷एक गोल गरे। बंगलादेशले प्रतियोगितमा लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो।

यस्तै प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सविरुद्ध पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।भारतको  जितमा दिलाउन नरेन्द्रर, मानबिर सिंह र निन्थोईनगान्बाले एक/एक गोल गर्दा एक गोल भने उपहार पायो।
फाइनल खेल आइतबार हुनेछ।

प्रकाशित: ११ आश्विन २०७६ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App