१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा घाइते भएका जनमोर्चा अध्यक्ष केसी घर फिर्ता

काठमाडौँ-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बिहीबार साँझ अस्पतालबाट घर फर्केका छन् ।

बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराएका पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकको सुझाव अनुसार साँझ घर फर्केका उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए ।

नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उनको उपचार गरेको थियो । 

यसअघि बिहीबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । रासस 

प्रकाशित: ९ मंसिर २०७३ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App