१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

पतञ्जलि उद्योगको उद्घाटन कार्यक्रममा उपस्थित राष्ट्रपति बिद्या देवी भण्डारी, बाबा रामदेव र आयार्च बालकृष्ण लगायतका अतिथिहरु। तस्बिरः उपेन्द्र यादव

प्रसौनी (बारा)– योगगुरु रामदेव र आयुर्वेद आचार्य बालकृष्णले नेपालमा पतंजलि आयुर्वेद उद्योग विस्तार गरेका छन्। करिब डेढ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगको बिहीबार एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

उद्योगको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पतञ्जलि उद्योगबाट नेपालको कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकी करण हुने भएकोले यसबाट नेपाली समाज समृद्ध हुने विश्वास व्यक्त गरीन्।

नेपाल र भारत दुई देशको सम्बन्धलाई युगौंदेखि सुमधुर, बहुआयामी र जनस्तरको सम्बन्धले अझै घनिष्ट बनाएको छ। यो उद्योग पनि जनस्तरको सम्बन्धाको एउटा प्रतिक हुने बिश्वास उनले व्यक्त गरीन्।

राष्ट्रपतिले पतञ्जलि उद्योलाई स्थापना गराउने कार्य गरेका भन्दै गैरआवासीय नेपाली उपेन्द्र महतोलाई धन्यबाट समेत दिइन्।

कृषी मन्त्री गौरी शंकर चौधरीले नेपालको उच्च पहाडी , पहाडी र तराई क्षेत्रका बतावरण अनुसार जडीबुटी उत्पाद हुने गरेको र सबै जडीबुटीहरु कुनै न कुनै रोगको लागि बिशेष काम लाग्ने गरेका बताए। विभिन्न भागमा उत्पादन हुने जडीबुटीलाई व्यवसायीक रुपले उत्पादन गर्न जरुरी रहेको उनले बताए। पतञ्जलि उद्योललाई नेपालबाट प्रशस्त मात्रामा जडीबुटी उपलब्ध हुने भएकोले नेपाली किसानले यसबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै बाबा रामदेवले आर्थिक रुपले समृद्ध भए मात्रै बिदेशमा नेपाली जनता र नेताहरुलाई सम्मान मिल्ने बताए। गरिब देशका जनता र नेतालाई बिदेशमा सम्मान नमिल्ने भन्दै अब विदेशी समक्ष सम्मान पाउन लागि नेपाल आर्थिक रुपले समृद्ध हुनु पर्ने बताए।

‘दरिद्र र गरिबलाई विश्वमा कसैले सम्मान नगर्ने भएकाले नेपाललाई आर्थिक रुपले समृद्ध हुने समय भएको छ,’ रामदेवले भने, ‘नेपाललाई समृद्ध बनाउनको लागि पतञ्जलि उद्योगले जस्तोसुकै योगदान गर्न तयार रहेको छ।’
सन्यासी भएकोले आफूले भारतीयलाई जतिनै माया नेपालीलाई पनि गर्ने गरेको उनले बताए।

‘पतञ्जलि उद्योगले नेपालमा रहेका जडीबुटीलाई प्रशोधन गरी आयुर्वेदिक औधधि, कस्टमेटिक समाग्री र खाद्य पदार्थ उत्पादन गर्नेछ,’ रामदेवले भने, ‘उद्योगको माध्यमबाट तराई,पहाड र हिमालका किसानहरुले जडीबुटी उत्पादन गरी अर्थिक समृद्धी प्राप्त गर्नेछन्।’

उद्योगले एक वर्षभित्र दुई हजार जना दक्ष, अदक्ष नेपालीलाई रोजगरी दिनेछ । आउँदो ५ वर्षमा १० हजार जना नेपालीलाई रोजगरी दिने लक्ष्य रहेको रामदेवले बताए।

‘भारतमा पतञ्जलि उद्योग स्थापना गर्दा शुरुमा सानै थियो’ रामदेवले भने, ‘आज पतञ्जलि विश्वमा प्रसिद्ध भएको छ।  प्रसौनीमा सञ्चालनमा आएको यस पतञ्जलि उद्योगले पनि विश्वमा नाम कमाउने छ।’

पतञ्जलिबाट हुने आम्दानीबाट आफू एक रुपैयाँ पनि नलिने र आम्दानी रकमलाई समाजिक सेवामा लगाउने उनले घोषणा गरे। निकट भविष्यम नेपालमा विश्व स्तरको विश्व बिद्यालय सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए।

म र बालकृष्ण गरिब परिवारमा जन्मेकाले प्रारम्भिक शिक्षा लिनमा धेरै समस्याहरु भएकोले अब अरु बच्चाहरुलाई शिक्षा लिनमा कुनै समस्या नहोस् भनी शिक्षामा पनि लगानी शुरु गरिएको उनले बताए।

कार्यक्रममा आयुर्वेदाचार्य बालकृष्णले प्रसौनीमा स्थापना गरिएको पतञ्जलि उद्योग स्वदेशी जडीबुटीबाट मात्रै सञ्चालन गर्ने र यसको नाफा नेपालबाट नलैजाने भएकोले यो उद्योग पूर्ण रुपले स्वदेशी उद्योग भएको बताएका छन्।

‘नेपाल बुद्ध भगवान, राजा जनक र सीता माताको जम्म स्थान भएकोले यसको समृद्ध हुनुपर्ने आवश्यक छ,’ बालकृष्णले भने, ‘नेपाललाई समृद्ध गर्नको लागि नेताहरुले जनतालाई सही तरिकाले परिचालन गर्नु पर्ने जरुरी छ।’

नेपाललाई समृद्ध गराउनको लागि पहिलादेखि नै सोच भए पनि अहिले आएर स्थापना गरिएको पतञ्जलि उद्योगबाट त्यो सोचलाई पूरा गर्ने समय आएको उनले बताए।

पतञ्जलि उद्योगका लगानीकर्ता गैर अवासीय नेपाली उपेन्द्र महतोले व्यक्ति समृद्ध हुँदैमा देश समृद्ध नहुने बताएका छन्।
देशलाई समृद्ध बनाउनका लागि लाखौं संख्याम रहेका किसानहरुले व्यवसायीक व्यवसायीक जडीबुटी खेती गर्नु पर्ने बताए। देशमा उत्पादन हुने जडुबुटीहरुलाई पतञ्जलि उद्योगले खदिर गरी किसानहरुलाई राम्रो फाइदा दिने भएकोले देश समृद्ध बनाउनमा यस उद्योग सहयोगी बन्ने बिश्वास व्यक्त गरे।

कार्यक्रममा भारतीय राजदूत रन्जीत रेले नेपाल र भारत बिच व्यपारिक, राजनितिकलगायतका सम्बन्ध रहेको बताए।
कार्यकमका रुसी राजदूत अन्द्रेय बुदनी, पतञ्जलि उद्योगका प्रबन्ध निर्देशक डा. समता प्रसाद, पतञ्जलि नेपालका ट्रस्टी शालिग्राम सिंहलगायतका बक्ताले कृषीमा आधारित भएकोले पतंजलि उद्योगले नेपाललाई लाभ मिल्ने बताए।
 

प्रकाशित: ९ मंसिर २०७३ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App