१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

खोटाङ–जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यपक डिकबीर राईलाई राजीनामा गराएको छ। बिहीबार गरिएको छड्के अनुगमनकाक्रममा प्रअ राई मादक पदार्थ सेवन गरेर आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो।

विद्यार्थी संगठनका प्रमुख र पत्रकारको टोली लिएर छड्के अनुगमनमा निस्किएका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले मादक पदार्थ सेवन गरेर विद्यालय आएको फेला परेपछि प्रअलाई कडा शैलीमा राजीनामा मागेका थिए। मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको अवस्थामा फेला परेका प्रअ राईले जिशिअसमक्ष राजीनामा दिएका हुन्।

शर्त विपरित आगामी दिनमा पनि मादक पदार्थ सेवन गरेर बिद्यालयमा आएको पाइएमा राजीनामा स्वीकृत गर्नेगरी राजीनामा मागिएको जिशिअ नेपालले बताए। ‘प्रअले नै मापसे गरेर आएपछि विद्यालयको अनुशासनको हालत कस्तो होला, त्यही भएर राजिनामा मागिएको हो, पुःन गल्ती दोहोरियो भने राजीनामा स्वीकृत हुन्छ ।’ उनले भने।

मापसे गरेर बिद्यालय आएको अवस्थामा फेला परेका नेर्पा–८ रामपुरस्थित जनता निमाविका शिक्षक लक्ष्मीप्रसाद राई र सरस्वती आधारभुत प्रावि पोखरीका शिक्षक मिनबहादुर खत्रीलाई पनि राजीनामा गराएका छन्।

प्रकाशित: ९ मंसिर २०७३ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App