सीमा नाकामा भारतीय पर्यटकको स्वागत

शुक्रबार, १० असोज २०७६, १५ : ५२ नागरिक

कैलाली– विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।

भरतबाट पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोली नेपाल आएको हो। स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र भारत बीचको भाइचाराको सम्बन्ध रहेकाले आफूबाट हुनसक्ने सक्दो सहयोग गर्न तत्पर रहेको बताए। 

यता सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्दधनका लागि पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्नका लागि सहजीकरण वातावरणको व्यवस्थापन गरिनु आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन्।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजत विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवर्दधनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलगायतका व्यवस्थापन प्रणालीमा सहजीकरण गरेर मात्रै पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सकिने सुझाव दिएका हुन् ।

सहभागी वक्ताले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई आस्थाका केन्द्रविन्दुमा राखी प्रचार–प्रसार गर्नुपर्ने, पर्यटकका लागि पर्यटकीयस्थलसम्म पुग्न सकिने राम्रो बाटोघाटो, गाँसबासलगायत उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

त्यसैगरी भारतीय पर्यटक तथा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले पर्यटकको सहजताका लागि सीमानाकामा हेल्पडेस्क राखिनुपर्ने बताउँदै अनावश्यक जाँचलगायतका हैरानी हटाउन आग्रह  गरे।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन प्रवर्दधनको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको बताए। रासस






यसमा तपाईको मत

अन्य समाचार

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

Ncell Footer Ad