१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अावाशीय डाक्टरले शुक्रबारबाट आेपिडी सेवा नदिने

काठमाडौं– त्रिवि शिक्षण अस्पतालका आवाशीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबारबाट ओपीडी सेवा नदिने भएका छन्।

चिकित्सा शिक्षा तथा सेवा क्षेत्र सुधारका विभिन्न माग राखी १२ दिनदेखि अनशनमा बसेका डा. केसीको मागलाई कुनै पक्षले पनि गम्भीरता पूर्वक नलिएको र सरकारले मौनता साँधेको भन्दै राष्ट्रिय आवासीय चिकित्सक संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो।

संघले त्रिवि शिक्षण अस्पतालअन्तर्गतको सम्पूर्ण ओपीडी सेवा ठप्प पार्ने निर्णय गरेको हो। डा. केसीको जीवन रक्षाका लागि उनको समर्थनमा आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिन लागेको बताउँदै संघले आन्दोलनमा साथ दिन फ्याकेल्टि, चिकित्सक, नर्सिङ स्टाफलगायत सबैलाई आग्रह गरेको छ।

डा. केसीले वरिष्ठता मिचेर डिन बनाइएका डा. केपी सिंहले राजीनामा दिनुपर्ने, त्रिविका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने, एमबिबिएसमा गत वर्षकै शुल्क सीमा लागू गर्नुपर्ने, आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाउनुपर्नेलगायत माग राखेका छन्।

यसैगरी, चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा विगतमा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताअनुकूल हुने गरी पारित गर्न पनि उनको विशेष माग छ।

केसी अनसनकाे बिहीबार १२ अाैं दिन हाे । उनकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ।

प्रकाशित: ९ मंसिर २०७३ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App