१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चोरीका मोटरसाइकल समात्ने प्रहरी चोर समात्न सक्दैन

रोल्पा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल। तस्बिरः दिनेश/नागरिक

रोल्पा - रोल्पा प्रहरीले ७ महिनाको अवधिमा १४ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ। ति मध्य ४ वटा सम्बन्धित ब्यक्तिलाई बुझायो। तर मोटरसाइकलसंगै पक्राउ परेका ब्यक्तिहरुको भने अहिले प्रहरीको सम्पर्कमा छैनन्। चोरीका सवारी साधन प्रयोग गर्नेहरुमार्फत चोरसम्म पुग्न सक्ने मार्ग प्रशस्त हँुदा हुँदै पनि प्रहरीले उनिहरुसंग अनुसन्धान नै गर्ने गरेको छैन।

‘मोटरसाइकल पक्राउ परेपछि कागज पत्र लिएर आउछु भन्छन् तर फर्केर आउदैनन्।’ जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख अमर थापाले आफ्नो बचाउ गर्दै हल्का पारामा भने ‘फोन नम्बर पनि गलत दिएर जाँदा रैछन।’ जिल्लामा पक्राउ पर्ने लाखौ मुल्यका ठूला सिसिका मोटरसाइकलसंग भेटिएका चालकसंग सोधपुछ समेत नहुनुमा प्रहरीको गम्भीर त्रुटि देखिन्छ।

‘नर्मल रुपमा काजग नभएपछि उनिहरुलाई कागज पत्र लिएर आउन भनिन्छ। तर चोरीका बाइक चढ्नेहरु फर्केर आउदैन। उसले दिएको फोन नम्बर पनि गलत हुन्छ।’ रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले भने ‘चोरहरुको सन्जाल ठुलो हुन्छ। चोरले उता चोरेर यता बेच्छ। हाम्रोमा उजुरी पनि हुँदैन।’ उनले अब बाइकसंगै मान्छे पनि पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने देखिएको बताए।

रोल्पामा शान्ति प्रक्रियापछि सुरु भएको चोरीका मोटरसाइकल भित्रिने क्रम आज पनि रोकिएको छैन। जिल्लाका दुर्गम गाउँहरुमा प्रशस्तै मात्रामा चोरीका मोटरसाइकल रहेको तर त्यसलाई नियमन नगरिएको गुनासो आउन थालेको छ। लाखौ मुल्यका मोटरसाइकल सस्तो मुल्यमा पाएपछि प्रहरी निगरानी कम हुने जिल्लाका गाउँहरुमा गुड्ने गर्दछन्।

प्रकाशित: १० आश्विन २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App