कुम्लो बोकी बेइजिङतिर

शुक्रबार, १० असोज २०७६, ०७ : ५८ युवराज गौतम

‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भन्ने उखान छ। कूटनीति, राजनीति, प्रशासनलगायतका धेरै क्षेत्रमा सुधार गर्दै जानुपर्ने वर्तमान युगमा जब राष्ट्र हाँक्नेहरू नै अल्मलिन्छन् तब राज्यसत्ता बरालिन्छ। कहिले ‘वार्सा प्याक्ट’ त कहिले ‘ग्लास्तनोस्त र पेरेस्त्रोइका’ जस्ता अभ्यास गर्दैछ सिंहदरबार। साइनाइड चाख्ने रहर प्राणघातक हुन्छ। शासन चलाउनेहरू महाशक्तिका कमैया, खेताला र गोठाला बन्न थाले भने जनताले कसरी भरोसा गर्छन् ? त्यसैले, विश्वासिलो शक्ति खोज्न थालेका छन् जनता। सन् १९१७ मा साम्यवाद उदायो रसियामा।

कम्युनिस्टको पहिलो राजगद्दी त्यहाँ देखियो। त्यो बेला पनि नेपाल अचेत थिएन। पद्मसुन्दर मल्लले अमेरिकाबाट नेपालकै प्रथम इन्जिनियर बन्ने सौभाग्य पाएका थिए सोही वर्ष। स्टेफनी कोर्टआइसका शब्दमा एसिया, युरोप जताततै ‘साम्यवादको आतंक’ फैलिँदैथ्यो ऊबेला। सन् १७९३–९४ मा फ्रान्समा फैलियो, लाल आतंक। पेरिसका सडकमा केही दिनमै एक हजार जनाभन्दा धेरै मारिए। पढे÷लेखेका, तार्किक, विश्लेषक, विवेचक र सभ्यहरूलाई शोषक र कुलीन भन्दै मारियो। ‘सेप्टेम्बर नरसंहार’ भन्छन् फ्रेन्चहरू। आतंक बढ्दै जाँदा केही महिनामा पेरिसमा मात्र २ हजार ६ सय २५ जना र अन्य प्रान्तमा १६ हजार ६ सय जना मारिए। फरक मतलाई साम्यवादले शत्रु ठान्छ भन्ने यो एउटा उदाहरणमात्र हो। फ्रान्सिस फुरेको तर्क छ– ‘सम्राट लुइ (सोह्रौँ) लाई मारेपछि सरकार नै एउटा कित्तामा उभिएर फ्रान्सका कम्युनिस्टबाहेक सबैलाई निर्मूल पार्ने योजनामा लाग्यो। त्यो जघन्य अपराध थियो।’

शासन चलाउनेहरू महाशक्तिका कमैया, खेताला र गोठाला बन्न थाले भने जनताले कसरी भरोसा गर्छन् ? त्यसैले, विश्वासिलो शक्ति खोज्न थालेका छन् जनता।

बोल्सेभिक क्रान्तिको असह्य पीडा भोगे रसियाका जनताले। युनाइटेड सोभियत सोसलिस्ट रिपब्लिक (युएसएसआर) सरकार चलाउने क्रेमलिनको कालो छायाँ पूर्र्वी जर्मनी, हंगेरी, पोल्यान्ड, रोमेनिया, अल्बानिया, चेकोस्लोभाकिया आदि राष्ट्रमा फैलिँदै गयो। रसियाले ट्यांक पठाएर पूर्वी युरोपका केही राष्ट्रमा साम्यवाद विरोधीहरूको छाती पेल्यो। ‘इतिहास बनाउन हिंसा पनि आवश्यक पर्छ’ भन्ने कार्ल माक्र्स हुन् वा ‘हजारौँको हत्या’ पीडा होइन, तथ्यांकमात्र हो भन्ने स्टालिन, ती सबैका तर्क मानवता विरोधी हुन्। मिखायाल बुकुनिन जस्ता अराजकतावादीले पनि नसोचेको कुरा सोचे, कम्युनिस्ट नेताले। माक्र्सले अमेरिका, ब्रिटेन र हल्यान्डलगायतका राष्ट्रमा साम्यवाद बिस्तार गर्न सन् १८७२ तिर मात्र ‘हिंसाले कुनै उपलब्धि हुँदैन’ भन्ने सत्य आत्मसात गरे। पे्रmडरिक एंगेल्सले मात्र होइन, एडबर्ड बर्नस्टेन र कार्ल कट्स्कीजस्ता चिन्तकले पनि हिंसाको विरोध गरेपछि सन् १८९५ मा ‘माक्र्सस् क्लास स्ट्रगल इन फ्रान्स’ ग्रन्थमा माक्र्सले हिंसाको आलोचना गरेका छन्। सन् १९१४ मा प्रथम विश्वयुद्धको विनाशलीला सुरु हुन थालेपछि रक्तपातको बाटो त्याग्दै गए युरोपका कम्युनिस्टले। आफन्तहरूको लास देखेपछि नेपालका कतिपय कम्युनिस्ट नेताका आँखा रसाएझैँ आत्मबोध गराउँदो रहेछ परिस्थिति र अनुभवले।

दार्शनिक पाराका चिन्तक नेचायभले सन् १८६९ तिर लेखेका थिए– ऊ आफ्नो वास्तविक नाम पनि लुकाउँछ। समाजसँग प्रेम हुँदैन। धर्म, संस्कृति मान्दैन। नास्तिक भन्छ आफूलाई। अरुलाई बहिष्कार र तिरस्कार गरेर सर्वशक्तिमान बन्न खोज्छ। सभ्यता भत्काउँछ। नयाँ युग ल्याउँछु भन्दै पुरानोलाई धुलोपिठो पार्न खोज्छ। एउटै शब्दमा बोलाउनुपर्दा ऊ ‘कम्युनिस्ट’ हो तर धरातलीय यथार्थ स्वीकार्न तयार हुँदैन ऊ। कस्तो विडम्बना !

‘नक्सलाइट मुभमेन्ट इन इन्डिया’ पुस्तकमा विप्लवदासले लेखेका छन्– रसिया र चीनको अन्धानुकरण गर्छन् भारतका कम्युनिस्ट। करोडौँ जनताले स्वीकार, समर्थन र अर्चना गर्ने धर्म–संस्कृति मान्दैनन्। यो उल्टो बुद्धिले गर्दा भारतमा सभ्य समाजले साम्यवाद पचाएन। कम्युनिस्टलाई राष्ट्रिय विचारधारा मानिँदैन भारतमा।
माइकल भिकेरीले ‘कम्बोडिया ः (१९७५–१९८२) पुस्तकमा लेखेका छन्– खमेर नामको जातीय समूहले कम्युनिस्टको बिल्ला लगाएर कम्बोडियाको राजतन्त्रमात्र खाएन, प्रजातन्त्र र स्वतन्त्रता पनि निल्यो। लाखौँ जनताको हत्या गरे कम्युनिस्ट नेता पोलपोटले। राजा नरोदम सिंहानुकको पुस्तकमा कम्युनिस्ट नेताहरू अमेरिकी गुप्तचर संस्थाका आज्ञाकारी, तलवजीवी थिए भनिएको छ। त्यस्तै माओवादीलाई नेपालको राजनीतिक प्रणाली मास्न भारतले प्रयोग गरेको कुरा दिल्लीका नेता, लेखक र गुप्तचर अधिकारीले उल्लेख गरिसकेका छन्।

इथियोपिया, अंगोला र मोजाम्बिकमा रक्तपात गराउन कम्युनिस्टलाई नै प्रयोग गरियो। क्युबा, भियतनाम, उत्तर कोरिया र लाओसको कथा त्यस्तै छ। सन् १९७३ को नोभेम्वर १ तारिखमा अंगोला स्वाधीन भएपछि त्यहाँ शासन गरिरहेका पोर्चुगिजहरू ब्रिस्बेन फर्किए। झन्डै चार लाख पोर्चुगिजहरू पोर्चुगल फर्किएपछि सोभियत कम्युनिस्ट पार्टीसँग सम्झौता गरेर ‘एमपिएलए’ नामक कम्युनिस्ट छापामार समूहले अंगोलामा रक्तपात मच्चायो। ३६ वर्ष गृहयुद्ध चल्यो। लाखौँ जनता मरे। छत्तीसौँ वर्षमा पनि ‘क्रान्ति अधुरै छ’ भन्दै थिए कम्युनिस्टहरू।

नेपालको राष्ट्रिय दृष्टिकोण के त ? मूल नीति खोइ ? सी विचारधारा नै नेपाली राजनीतिको आधिकारिक दर्शन हो त ? अथवा सिआइएको मार्गचित्र ? चीन, भारत, युरोपियन युनियन र अमेरिकाबीच कटु, क्लेशमय, कुन्ठाग्रस्त, कपटी, क्लिष्ट र कलहमय वातावरण बनाउँदै काठमाडौँलाई काबुल बनाउन पर्याप्त छ, आजको राजनीति र कूटनीति। यसैलाई मलजल गरिरहेका छन् शासकहरू।

पेरुको कम्युनिस्ट विचारधाराले राष्ट्रियता, राष्ट्रिय एकता र स्थायी संस्थाहरूलाई कमजोर बनायो। गुजम्यान (गोन्जालो) र कार्लोसलगायतका कम्युनिस्ट नेता पक्राउ गरेपछि परिस्थिति शान्त हुँदै गयो। पेरुका जनता आज पनि ती दिन सम्झन चाहँदैनन्।

प्रस्तुन भाषामा एउटा उखान छ– ‘धेरै तीतो भयौ भने मान्छेले थुक्छन्। धेरै गुलियो भयौ भने पनि घुटुक्क निल्छन्।’ सरकार जब चोर, डाँका, हत्यारा, तस्कर आदि सबैको समर्थन प्राप्त गर्न बहुमतको लोभी बन्छ, तब समाजमा बढ्छ अराजकता। कूटनीतिमा पनि यही सत्य लागु हुन्छ। राष्ट्रको इतिहास, सभ्यता, परम्परा, राष्ट्रिय एकता र स्वाभिमान हामी आफैँले जोगाउने हो। तर ती सबै मास्नु नै ‘क्रमभंग’ ठान्छन् कम्युनिस्टहरू।

क्युबामा सन् १९३१ देखि तीन वर्ष चलेको विद्रोहको नेतृत्व गरे फुल्गेनसिओ बातिस्ताले। जेरार्दो माचादो अपदस्थ भए, सैनिक विद्रोहको सिकार बनेर। इटालियन मूलका अमेरिकी माफियाको रंगमहल बन्यो हवाना शहर। अस्थिरता र अराजकतासँगै दरिद्रता बढ्दै गयो। पास्कल फोन्टेनले लेखेका छन्– ‘सन् १९५८ तिरै राजधानी हवानामा एघार हजार पाँच सय बेश्या थिए। यो बेथितिको कुरूप चित्र हो।’ सरकार नै भ्रष्टाचारको संरक्षक भयो त्यहाँ। बातिस्ता भागेपछि फिडेल क्यास्त्रोले सत्ता सम्हाले। ‘स्थायित्व’ देखियो तर प्रजातन्त्र विलुप्त भयो। स्वतन्त्रता हरायो। मौलिक हक बेपत्ता हुँदै गयो। क्यास्त्रो पनि पैसाका लोभी थिए। उनले मस्कोका कम्युनिस्ट नेताको आशीर्वाद पाएर झन्डै पचास वर्ष शासन गरे। जनता दरिद्र हुँदै गए तर कम्युनिस्ट नेता धनी भए।

भियतनामका कम्युनिस्ट नेता लि दुआन भन्थे– ‘हाम्रो सरकार बनेपछि जेलहरू स्कुलमा बदलिनेछन्।’ फ्रान्सको उपनिवेशबाट मुक्त हुन राष्ट्रवादको खोल ओढेका नेता त्यहाँ पनि थिए तर सत्तामा पुगेपछि वाचा बिर्सिए। देशद्रोही उन्मूलन समिति बनाएर फरक विचारधारा भएका सबैलाई मार्न थाले, सत्तारुढ कम्युनिस्ट दलका नेताले। सत्ता चलाउने सीमित व्यक्तिबाहेक जनतालाई ‘अरु’ ठानियो।

कार्यपालिका (मन्त्रिपरिषद्) सर्वशक्तिमान हुने र न्यायपालिका, संसद्, प्रेस र अन्य सबै अंग राष्ट्र हाँक्नेका दास बन्छन् कम्युनिस्ट शासनमा। कम्युनिस्ट पार्टीको स्कुल विभागले पढाउनैपर्ने प्रमुख विषयमध्ये मूलमन्त्र हो– ‘कम्युनिस्ट विचारधाराका विरोधीहरू प्रतिक्रियावादी र दुश्मन हुन्।’ अर्थात, सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको छ भने त्यो राष्ट्रमा साम्यवाद स्वीकार नगर्ने सबै (सेना, प्रहरी, निजामती, प्रेस, मानव अधिकारवादी, संघ÷संस्था, व्यापारी, उद्योगपति आदि) ‘दुश्मन’ ठान्छ पार्टीले। समाजवादको आवरणमा लेनिन, स्टालिन, खु्रश्चेभ, ब्रेझनेभ आदिले कम्युनिस्ट विरोधी धेरैलाई सिध्याए। कैयन् लेखक, पत्रकार, प्राध्यापक पलायन भए। हजारौँले जेलको हावा खानुप¥यो। कम्युनिस्ट शासन भनेपछि अधिनायकवादी भनिरहनै पर्दैन। ‘कालो मोसो’ भन्नै पर्दैन। मोसो भनेकै कालो हुन्छ। तसर्थ, चार÷पाँच वटा राष्ट्रबाहेक बाँकी केही राष्ट्रले कम्युनिस्ट बन्ने रहर त्याग्दै गए। नेपाल सरकार भने काम कुरो एकातिर, कुम्लो बोकी बेइजिङतिर लाग्दैछ।

नेपालको राष्ट्रिय दृष्टिकोण के त ? मूल नीति खोइ ? सी विचारधारा नै नेपाली राजनीतिको आधिकारिक दर्शन हो त ? अथवा सिआइएको मार्गचित्र ? चीन, भारत, युरोपियन युनियन र अमेरिकाबीच कटु, क्लेशमय, कुन्ठाग्रस्त, कपटी, क्लिष्ट र कलहमय वातावरण बनाउँदै काठमाडौँलाई काबुल बनाउन पर्याप्त छ, आजको राजनीति र कूटनीति। यसैलाई मलजल गरिरहेका छन् शासकहरू।

हामी कता जाँदैछौँ ? धेरैले प्रश्न गर्छन्। सन् १९७९ पछि तेहरानका कफी सपमा बुद्धिजीवीहरू यस्तै प्रश्न गर्थे। सन् १९७१ मा पूर्वी पाकिस्तानलाई भारतले सेना पठाएर बंगलादेश बनाउँदा त्यसलाई दिल्लीका दासहरूले महान् उपलब्धि भनेका थिए। सन् २०११ मा सुडान टुक्रिएर साउथ सुडान बनाउँदा जुभाका बुद्धिजीवीले अब सुख र समृद्धि आउँछ भनेर ढाँटेका थिए। नेपालका सत्तासिन र उनका हतियार–मतियार सबैले बेइजिङले नेपालको सबै दुःख–कष्ट हरण गरिदिन्छ भन्ने सोचिरहेका देखिन्छ। कोही अमेरिका र भारतले हामीलाई बेहुला–बेहुलीझैँ चिरिच्याट्ट पारिदिन्छ भनिरहेका छन्। यो सबै स्वैरकल्पनामात्र हो।

भारतका कैयन् सहरमा घर–घरमा गएर नाचगान गर्दै पेट पाल्नेहरूको बथान देखिन्छ। महिलाको हाउभाउ र पुरुषको जस्तो आवाज हुन्छ ती अद्भूत मनुवाको। उनीहरू सन्तान जन्माउन सक्दैनन्, ‘बायोलोजिकल’ कारणले। तर अरुका सन्तान जन्मिँदा नाचगान गरेर रमाइलो गर्छन्, पैसा कमाउँछन्। आफैँ केही नगर्ने तर अरुको खुसीका लागि नाचिदिने हामी पनि त्यस्तै बन्दैछौँ र हाम्रो कूटनीति त्यसरी नै नाचिरहेको छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad