१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा टुरिस्ट गाइडलाई परिचयपत्र

भक्तपुर – भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा सञ्चालित पथप्रदर्शक तालिमका सहभागीलाई परिचयपत्र र व्याच वितरण गरिएको छ।

४० औं विश्व पर्यटन दिवसको अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले परिचयपत्र वितरण गरेका हुन्। कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरलाई संसारको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै पथप्रदर्शकहरुले इमान्दारीपूर्वक काम गरी भक्तपुरको प्रतिष्ठा उँचो राख्ने गरी काम गर्न जोड दिए। नगरपालिकाको वडा नं ९ का अध्यक्ष रविन्द्र ज्याख्वले पर्यटन व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले भक्तपुर ऐतिहासिक जीवन्तता भएको सहर भएको बताए। सो अवसरमा वक्ताहरूले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले सांस्कृतिक केन्द्रित गतिविधिमा जोड दिनुपर्ने बताए। भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेलाई पथप्रदर्शक तालिम उपयोगी भएको बताउँदै तालिमले भक्तपुरलाई नमुना सहरको रुपमा विकास गर्न टेवा पुग्ने बताए।

प्रकाशित: १० आश्विन २०७६ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App