१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फुटी राजदूत नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दावाफुटी शेर्पालाई बिहीबार स्पेनका लागि आवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ अनुसार उनलाई राजदूत नियुक्त गरेकी हुन्।

शेर्पालाई मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। शेर्पालाई राजदूतमा नियुक्ति गर्ने निर्णय विवादमा समेत परेको थियो।

कूटनीतिक क्षेत्रको जानकार हुनुपर्ने मापदण्डविपरीत प्रधानमन्त्री ओलीले शेर्पालाई उनको परिवारसँगको सम्बन्धका कारण राजदूतमा सिफारिस गरेको भन्दै यसको व्यापक विरोध भएको थियो। संसदीय सुनुवाइमार्फत सिफारिस राजदूतहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी हुन्।

प्रकाशित: १० आश्विन २०७६ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App