१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेल्टिकविरुद्ध मेसीको दुई गोल, म्यानचेस्टर सिटी बराबरमिा रोकियो

च्याम्पियन्स लिग फुटबलअर्न्तगत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ। समूह सीअर्न्तगतको खेलमा बार्सिलोनाले सेल्टीकलाई २-० गोलअन्तरले पराजित गरेको हो।

उसको जितमा दुवै गोल लियोनल मेसीले गरे। खेलको २४औं मिनेटमा गोल गर्दै मेसीले पहिलो हाफमा  बार्सिलोनालाई १-० को अग्रता दिलाएका थिए। खेलको ५५औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र बार्सिलोनाले खेल २-० गोलले जित्न सफल भयो।

त्यस्तै समूह सीको अर्को खेलमा म्यानचेस्टर सिटी जर्मन क्लब बोरुसिया एमब्याचसँग १-१ गोलको बरारबीमा रोकिएको छ। खेलको २४औं मिनेटमा राफेलले गोल गर्दै बोरुसिया एमब्यालाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरित्त समयमा गोल गर्दै सिटीका सिल्भाले खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल १-१ गोलको बराबरीमा सकिएको हो। बार्सिलोना समूह विजेता र म्यानचेस्टर सिटी समूह उपविजेतको रुपमा नकआउट चरणमा प्रवेश गरेका छन्।

यता समूह ए को खेलमा आर्सनल पेरिस सेन्ट जर्मन पिएसजीसँग २-२ गोलको बराबरीमा रोकिएको छ। खेलको १८औं मिनेटमा काभानिले गोल गर्दै पएिसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै गिराउर्डले खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। खेलको ६०औं मिनेटमा पएिसजीका भेरान्टीले आत्मघाति गोल गर्दा आर्सनलले खेलमा २-१ को अग्रता लिएको थियो। खेलको ७७औं मिनेटमा पिएसजीका इओबीले गोल गर्दै खेलालई २-२ गोलको बराबरीमा ल्याएका थिए। यस समूहबाट पएिसजी समंह विजेता र आर्सनल समंह उपविजेतका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन्।

च्याम्पियन्स लिग फुटबलअर्न्तगत बुधबार राति सम्पन्न अन्य खेलमा जर्मन ब्लब बार्यन म्युनिख भने एफसी रोसतोभसँग ३-२ ले पराजित भए।

प्रकाशित: ९ मंसिर २०७३ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App