१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'जम्मू-कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक'

काठमाडौं– नेपालस्थित पाकिस्तानका राजदूतले जम्मू कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताएका छन्। काठमाडौंमा रहेको पाकिस्तान दुतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत  मझर जावेदले कश्मीरी जनताको इच्छा विपरित भारत सरकारले सम्झौताको धारा ३७० निलम्बन गर्नु अवैधानिक भएको बताएका हुन्।

केहि मानव अधिकारकर्मी सामाजिक अभियन्ताहरुसँग छलफल गर्दै राजदूत जावेदले भारत सरकारको यस कदमलाई संयुक्त राष्ट्र संघले समेत असन्तुष्टि व्यक्त गरेको बताए। राष्ट्रसंघले भारत सरकारले जम्मू कश्मीर राज्यलाई विशेष अधिकार दिइएको अनुच्छेद ३७० लाई निष्क्रिय बनाएपछि भारत र पाकिस्तानबीच १९७२ मा भएको सिमला सम्झौता स्मरण गर्न भनेको छ।

सिमला सम्झौतामा जम्मू कश्मीरका विषयमा अन्तिमस्थिति निर्धारण संयुक्त राष्ट्रको चार्टरलाई ध्यानमा राख्दै आवश्यक कदम चालिने उल्लेख छ। राजदूत जावेदले सिमला सम्झौतामा स्पष्ट किटान भएको विषयमा भारत सरकारले एकलौटि निर्णय गर्नु गलत कदम भएको भन्दै सबैले विरोध गर्नु पर्ने बताए। कार्यक्रममा राजदुत जावेदले भारतले लगाएको कफर््युको कारण लाखौ तिर्थ यात्री आफ्नो संस्कृतिक अधिकार प्रयोग गर्नबाट वञ्चित भएको पनि बताए।

पाकिस्तान सरकारले भारत सरकारको निर्णयको बारेमा कश्मीरका जनतालाई निर्णयको आधार बनाउनुपर्ने भन्दै अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउँदै आएको छ। भारत सरकारको निर्णय लगत्तै चीन र टर्कीले निर्णय सुखद नभएको टिप्पणी गरेका थिए तर दक्षिण एशियाका बंगलादेश, श्रीलंका र मालदिभ्सले भने भारत सरकारको निर्णयको समर्थन गरेका छन्। युरोप तथा अमेरिकाका शक्ति राष्ट्रहरुले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

प्रकाशित: ९ आश्विन २०७६ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App