१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

छुटै–छुट

चितवन घर भई जागिरको सिलसिलामा काठमाडौंको कीर्तिपुर मच्छेगाउँ बस्दै आएकी सरिता श्रेष्ठ गत सोमबार कालिमाटीको ट्राफिक जाममा माइक्रोभित्रै बरबराउँदै थिइन्। त्यो उनले भोगेको कुनै नौलो समस्या थिएन। अन्य दिन झै त्यस दिन पनि उनले अफिस जान ८ किलोमिटरको यात्रा गरिन् तर करिब डेढ घण्टामा। 

‘अफिस टाढा छ। नजिक बस्दा भनेजस्तो कोठा पाइँदैन। उनले माइक्रोभित्रै आफ्नो पीडा पोखिन्, ‘एक वर्षदेखि यसरी नै बिहान खाना पनि राम्ररी खान नपाउँदै कुद्नु पर्छ।

अफिस ढिलो होला कि भनेर बिहान पाँच बजे उठेर खाना बनाउँछु।’ उनको यो दैनिकीमा यस पटकको दसैंले भने परिवर्तन ल्याउने भएको छ। ‘यस पटकको दसैंको मौकामा स्कुटर नकिनी छोडदिनँ,’ उनले सुनाइन्। आफ्नै सवारी भए २० मिनेटमा पुगिने ठाउँमा उनलाई एक देखि दुई घण्टासम्म लाग्दो रहेछ। 

श्रेष्ठ मात्र होइनन्, दसैंको अवसर पारेर आफूलाई आवश्यक वस्तु खरिद गर्नेको अहिले चहलपहल बढेको छ। सामान्य पसलदेखि ठूला मलसम्म अहिले ग्राहकको भिड बढेको देखिन्छ।

दसैंमा अतिरिक्त रकम आउने र यही बेला विभिन्न कम्पनीले मालसामानमा छुट दिने भएकाले पसलमा ग्राहकको भिड देखिएको हो। विभिन्न कम्पनीहरूले दसैंतिहार लक्षित छुट योजना सार्वजनिक गरेका छन्।

अहिले बजारमा सामान्य घरायसी समानदेखि विभिन्न इलोक्ट्रोनिक्सका सामान तथा दुईपांग्रे र चारपांग्रे सवारीमा पनि आकर्षक छुटयोजना सार्वजनिक भएका छन्।

आज हामी तपाईंलाई त्यस्ता छुटयोजनाबारे जानकारी गराउन गइरहेका छौं, जहाँ तपाईले आफूले चाहेकै बजेटमा समान खरिद गरी विदेश भ्रमणसम्म गर्न पाउनु हुनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीअन्तर्गत नेपालका लागि हुन्डाई अटोमोबाइल्सले दसैं, तिहार र छठको अवसर पारी ‘हुन्डाई फेस्टिभल अफर डिलाइट २०७६’ सञ्चालन गरेको छ। 

यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा सुविधा पाउन सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट, लक्की–ड्रमार्फत १० जोडीलाई चार रात पाँच दिनको दुबई भ्रमणको भरपुर आनन्द पनि उठाउन सक्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत विभिन्न बम्पर उपहार पनि समेटिएका छन्, जसअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यु एक थान जित्न सकिने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत सबै हुन्डाई गाडी तीन वर्ष वारेन्टी, चार वर्ष फ्री सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध रहेको छ। कम्पनीले जारी गरेको सो योजना आगामी कात्तिक १६ सम्म लागू हुनेछ।

त्यस्तै पर्वहरूकै अवसर पारी सुजुकीले पनि पर्वोत्सव योजना प्रस्तुत गरेको छ। सो योजनाअन्तर्गत सुजुकी गाडी खरिदमा दुई लाखसम्मको नगद छुट, अधिकतम एक लाखसम्मको एक्सचेन्ज बोनस, ई–स्क्र्याच सिस्टममार्फत अधिकतम एक लाखसम्मको थप छुट तथा एक वर्षसम्मको सवारी कर तथा नामसारी निःशुल्क प्राप्त गर्न सकिने जनाएको छ। 

पर्वकै अवसरमा महेन्द्राको दुगड ब्रदर्स एन्ड सन्स प्रालिले पनि रोडमास्टर जि ९० ग्रेडर र अर्थमास्टर नेपालमा सार्वजनिक गरेको छ। ७२ लाख रुपैयाँ मूल्य कायम गरिएको सो ग्रेडर खरिदमा चार हजार घण्टा वा दुई वर्षसम्मको सर्भिसिङमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क पाइने कम्पनीले जनाएको छ ।

साथै, दुई वर्षको वारेन्टीसहित एक वर्षको बिमा एवं आर्थिक वर्षको सवारी कर र एक लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था रहेको छ।

विवेक अटोमोबाइल्स प्रालिले दसैंतिहारको अवसरमा तीनपांग्रे पियाजियो एपे सिटि डिलक्स सार्वजनिक गरेको छ। पाँच लाख ३९ हजार नौ सय रुपैयाँ मूल्य रहेको सो साधन खरिदमा दुई महिनाको ब्याजमा छुट, ३२ इन्चको एलइडी टेलिभिजन, दुई वर्ष वा ४५ हजार किल्लो मिटरबराबरको वारेन्टी र फिल्टरसहित दुई पटकसम्मको सर्भिसिङमा छुट रहेको कम्पनीले जनाएको छ।

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘रमाइलो चाड, टाटाको कार, भरपूर उपहार’ योजना सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत टाटा मोटर्सको खरिदमा एक जोडीलाई सिंगापुरको भ्रमण वा स्काइवर्थको ६५ इन्चको टेलिभिजन वा स्काई मल्टिमिडिया स्पिकर वा स्काइवर्थको नौ केजीको वासिङमेसिन वा स्काइवर्थकै माइक्रो वेभ ओभन वा नगद छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत गाडी बुकिङ गरेकालाई सो गाडी डेलिभरी गर्दा स्यामसङ स्मार्ट फोन तथा स्मार्ट घडी प्रदान गरिनेछ। कम्पनीले स्क्र्याच कार्डमार्फत भाग्यशाली एकजनालाई आइफोन एक्सआर प्रदान गरिने पनि जनाएको छ।

होन्डा गाडीको खरिदमा पनि दसैंको अवसरमा आकर्षक प्याकेज उपलब्ध रहेकोे छ। सो योजनाअन्तर्गत गाडीको खरिदमा ४५ सयदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ । पाँच वर्षसम्म गाडीका जुनसुकै पार्टस्को खरिदमा १० प्रतिशत छुट तथा पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सेवा उपलब्ध रहेको छ। योजनाअन्तर्गत दुर्घटना बिमा र दुईजनालाई थाइल्यान्ड भ्रमणको अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

नेपालमा ड्याट्सन र निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चाडपर्व तथा नाडा अटो सोको अवसरमा ‘फेस्टिभ हट डिल’ योजना प्रस्तुत गरेको छ। योजनाअन्तर्गत सो गाडी खरिदमा विशेष छुट रहेको जनाउँदै कम्पनीले जारी सो अन्तर्गत ड्याट्सनको कुनै पनि गाडी बुकिङ गरेमा डेलिभरी गर्दा ३१ हजार नौै सय ९९ बराबरको एमआई ८ लाइट मोबाइल निःशुल्क दिइने जनाएको छ।

गाडीका खरिदकर्ताबीच लक्की ड्रमार्फत १० जोडी चयन गरी थाइल्यान्ड भ्रमणको अवसर तथा पाँचजनाले १० ग्रामको सुनको सिक्का पाउनेछन्। त्यस्तै, शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्सले चाडपर्वको अवसरमा टिभिएसको बाइक तथा स्कुटरको खरिदमा आकर्षक योजना जारी गरेको छ।

टिभिएसले ‘नकिन्दै एक लाख र किनेपछि पनि शतप्रतिशत क्यास ब्याक’ योजना सार्वजनिक गरेको हो। सो योजनाअन्तर्गत ग्राहकले टिभिएसको आधिकारिक वेभसाईटमार्फत रजिस्टर गराउँदा सवारीको खरिद नगर्दै एक लाखसम्म छुट पाउन सक्ने जनाइएको छ। कम्पनीले सवारी किनेपछि पनि शतप्रतिशतसम्मको छुट पाउनसक्ने जनाएको छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ।

भेस्पा र अप्रिलिया स्कुटर खरिदमा पनि उपभोक्ताले सहुलियत पाउने भएका छन् । सो स्कुटरको खरिदमा ग्राहकले ३० हजार रुपैयाँसम्मको छुटसहित अन्य लाभ लिन सक्नेछन्। किस्ताबन्दीको सुविधासहित जुनसुकै ब्रान्डका स्कुटर तथा मोटरसाइकल साटफेर गर्न मिल्ने यो अफरमा १५० सिसी भेस्पा खरिद गर्ने ग्राहकले ३० हजार नगद छुटसहित एसोसरिज तथा हेलमेट पाउन सक्नेछन्।

हंसराज हुलासचन्द्र एन्ड कम्पनीले बजाज ‘भविष्यवाणी अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत बाइक किन्नुअघि नै एक लाख रुपैयाँसम्म एडभान्स क्यास र किनेपछि फेरि एक लाखसम्मको नगद पुरस्कार पाउन सक्ने कम्पनीले जनाएको छ। आफ्ना देशभर रहेका सोरुमबाट सो योजनामा सहभागी हुनसक्ने पनि कम्पनीले जनाएको छ।

त्यस्तै चाडपर्वको अवसरमा बाल्ट्राका ठूला तथा साना उपकरणको खरिदमा ५१ जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आकर्षक उपहार पाउन सक्ने जनाइएको छ। कम्पनीले ५५ इन्चको फोरके स्मार्ट टेलिभिजन एक जनालाई, ४० इन्चको स्मार्ट टेलिभिजन दुई जनालाई, ३२ इन्चको स्मार्ट टेलिभिजन तीन जनालाई, साउन्ड बार पाँच जनालाई, मिक्चर ग्रिन्डर १० जनालाई, राइस कुकर १५ जनालाई र इस्त्री १५ जनालाई वितरण गर्ने जनाएको छ।

केएनपी जापान प्रालिले एएनपीको रङ्गमा दङग योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत चाडपर्वको उमङ्गमा केएनपी इम्प्रेसन र एक्सेल टोटलको हरेक भ्याटसहित ६० हजारको खरिदमा लक्की ड्रमार्फत आकर्षक उपहार लिन सकिने जनाइएको छ। योजनामार्फत १० तोला सुन, घडी, मोबाइल र टिभी जित्न सकिनेछ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘सिटी एक्सप्रेस लखपति एक्सप्रेस’ योजना सार्वजनिक गरेको छ। ‘न यति न उति, सिधै लखपति’ नारासहित सिटी एक्सप्रेसबाट रकम पठाउनेमध्ये बम्पर उपहार अन्तर्गत १० लाख एक जनालाई, मासिक उपहारअन्तर्गत एक लाख एक जनालाई (तीन महिनासम्म), साप्ताहिक उपहारअन्तर्गत १० हजार एक जनालाई (१२ हप्तासम्म) र दैनिक उपहारअन्तर्गत १० जनालाई दुई सयको मोबाइल रिचार्ज (तीन महिनासम्म) प्रदान गरिने कम्पनीले जनाएको छ। 

त्यस्तै आइएमई मनि ट्रान्सफरले ‘डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत दैनिक, साप्ताहिक र मासिक बम्पर उपहार गरेर आइएमई गरेको पैसाको आठ गुणासम्म पैसा जित्न सकिने जनाइएको छ। 

दसैंको अवसर पारेर भाट–भटेनी सुपर मार्केटले कात्तिक १६ गतेसम्म लागू हुनेगरी विभिन्न सामानको खरिदमा सुपथ मूल्य कायम गरेको जनाएको छ। 

प्रकाशित: ९ आश्विन २०७६ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App