१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा खुल्दै पतंजलि अायुर्वेद उद्याेग, १ अर्ब ५० करोड लगानी

बारा– एक अर्व ५० करोडको लगानीमा कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा निर्माण भएको पतंजलि आयुर्वेद उद्योगको बिहीबार उद्घाटन हुने भएको छ।

आयर्वेदिक औषधि,कस्टमेटिक समाग्री र खाद्य पदार्थ उत्पादन गर्ने यस उद्योललाई राष्ट्रिपति बिद्या देवी भण्डारी, योग गुरु स्वमी रामदेव, आयुर्वेद बालकृष्ण आचार्य र गैर अवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योगका प्रबन्धक प्रकाश सिंहले बताए।

भारतीय योग गुरु रामदेव बाबा र बालकृष्ण आचार्यले भारतको हरिद्वारमा स्थापना गरेका पतंजलि आयुर्वेद लिमिटेड र गैर आवासीय नेपाली उपेन्द्र महतोको संयुक्त लगानी रहेको यस उद्योलले स्वदेशी जडीबुटीको प्रयोग गरी आयुर्वेदिक औषधि, कस्टमेटिक समाग्री र खाद्यान्य पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको सिंहले बताए।

उद्योगको उद्घाटनका लागि राष्ट्रिपति भण्डारी, योग गुरु रामदेव, आचार्य बालकृष्ण र गैर अवासीय नेपाली महतो बाराका आइपुगेको सिंहले बताए।

रामदेव, बालकृष्ण र महतो हाल सिमरामा अवस्थित होटेल इच्छामा बास बस्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७३ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App