१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पूर्व उपप्रधानमन्त्री केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

फाइल तस्बिर

काठमाडाैं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।

पार्टी बैठकका लागि कपन जान बिहान १० बजे मैतिदेवी सेताेपुलबाट बसमा चढेका केसी माइक्राेबसले लेन मिचेपछि पुलिसकाे अाँखा छल्न गाैशाला चाेकबाट यु टर्न लिने क्रममा हुत्तिएर गाडीबाट खसेकाे उनका स्वकिय सचिव दुर्गा शर्माले बताए। 

शर्माका अनुसार ढाेका छेउकाे सिटमा बसेका अध्यक्ष केसी हुत्तिएर गाडीबाट खसेपछि बेहाेस भएका थिए। उनलार्इ साेही गाडीका चालक र यात्रुहरूले गाडीमा राखेर प्रहरीकहाँ पुर्याएका थिए।

प्रहरीले उनलार्इ तत्काल केएमसी अस्ताल पर्याएकाे थियाे।

टाउकाेमा सामान्य चाेट लागेका केसीकाे हाल सामान्य अवस्थामा उक्त अस्पतालमा उपचार भइरहेकाे शर्माले बताए।

प्रकाशित: ८ मंसिर २०७३ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App