१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

काठमाडौँ- नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ। खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ।     
     
त्यस्तै कात्तिक ११ गते कौलागा औँशीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन कात्तिक १३ गते बुधबार भाइटीका गर्ने निर्णय पनि गरेको छ। सो अनुसार चाडपर्व मनाउन नेवार समुदायलाई आग्रह गरेको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारलाई पनि ध्यान दिन आग्रह गरे। प्राध्यापक डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपाय स्पष्ट रहेको बताए।     
     
धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यले नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजा तथा किजापूजा तीन दिन मनाउने चलन परम्परागत संस्कृति रहेको बताउँदै सोअनुसार स्वन्तिपर्व मनाउनुपर्ने बताए। नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिन नेवारले म्हपूजा गर्ने चलन सयौँ वर्षदेखि व्यवहारमा रहँदै आएको छ।

खलले नेपाल सरकारले पनि सोही अनुसार बिदा दिन माग गरेको छ। रासस

प्रकाशित: ७ आश्विन २०७६ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App