१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोर्टो रिकोमा भूकम्प

सान जुआन– क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ।     

अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो। जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए।     

पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ। पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताए।

सुनामीको सम्भावना पनि नरहेको उनले जानकारी दिए। रासस   

प्रकाशित: ७ आश्विन २०७६ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App