१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

अल्जियर्स- अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ।     

राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ बजेर ५० मिनेटमा आगलागी भएको जनाइएको छ।     

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताएको छ। दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। रासस  

प्रकाशित: ७ आश्विन २०७६ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App