१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

कलात- अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ।     

कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ।     

गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त सेनाले सो हवाई कारबाही गरेको जनाइएको छ। यस कारबाहीमा सर्वसाधारणको हताहतको भने कुनै समाचार प्राप्त भएको छैन। रासस

प्रकाशित: ७ आश्विन २०७६ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App