१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जङ्गी अड्डामा पृतनापति बैठक

काठमाडौं—प्रधानसेनापति, पिएसओज रथिबृन्द तथा पृतनापतिहरु सम्मिलित ‘पृतनापति समन्वयात्मक बैठक–२०७३’ आज जङ्गी अड्डामा सुरु भएको छ। नियमित रुपमा सञ्चालन हुने सो बैठक दुई दिन सम्म चल्ने छ।

बैठकमा रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाले विश्व शान्तिका लागि पुर्‍याएको योगदान अतुलनिय रहेको र विश्व समुदायवाट समेत यस कार्यको प्रशंसा हुँदै आएको बताए।

नेपाली सेनाको सुदृढीकरण र आधुनिकीकरणमा नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय विकास निर्माणमा नेपाली सेनाले पु¥याएको योगदानको सरकारले उच्च मूल्याँकन गरेको छ उल्लेख गरे।

बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देृशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति भविष्यमा आइपर्न सक्ने चुनौती एवम् सुझावहरुका सम्बन्धमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यस्ता समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमवाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुरयाउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाको छ ।

सो अबसरमा मन्त्री खाँणले निर्माणाधिन जंगी अड्डा भवनको समेत निरीक्षण गरेका थिए। रासस

प्रकाशित: ८ मंसिर २०७३ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App