१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कात्तिक २६ बाट पिपिएल

काठमाडौं– क्वेस्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण कात्तिक २६ गतेबाट सुरु हुने भएको छ। कात्तिक २६ देखि मंसिर ७ सम्म चल्ने प्रतियोगिताका खेल पोखरा क्रिकेट रंगशालामा आयोजना हुने बताइएको छ।

प्रतियोगिताको पहिलो संस्करणजस्तै यस पटक पनि विभिन्न ६ सहरका पोखरा पल्टन, धनगढी ब्लुज, विराटनगर टाइटेन्ट, बुटवल ब्लास्टर्स, चितवन राइनोज र काठमाडौं रोयल्स गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। पहिलो संस्करणको उपाधि घरेलु टोली पोखराले नै जितेको थियो।

विजेता पोखराले नगद २५ लाख हात पार्दा उपविजेताले नगद १० लाख हात पारेको थियो। दोस्रो संस्करणका लागि विजेता टोलीले पाउने रकमका बारेमा भने केही खुलाइएको छैन।

 

 

प्रकाशित: ७ आश्विन २०७६ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App