१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

नेपाल रिपब्लिक मिडियाका पदाधिकारीका साथमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, बैकर्स एशाेसिएशनका नवनिर्वाचित पदाधिकारीहरु। तस्विरः नागरिकन्युज

काठमाडौं—नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मक रहेको बताए। २५ हजारसम्म साट्न पाउने व्यवस्था गर्न भारतीय पक्षसँग कुराकानी गरेको र उनीहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

नेपाल रिपब्लिक मिडिया प्रालिले नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिलाई सम्मान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा गभर्नर नेपालले उक्त कुरा बताएका हुन्। ‘२५ हजारसम्म भारु साट्न दिनुपर्छ भनेका छौं, त्यसमा भारतीय प्रक्ष सकारात्मक छ,’ उनले भने, ‘उनीहरु (भारतीय)ले कदम नचाली हामी केही गर्न सक्दैनौं।’

राष्ट्र बैंकले सर्वसाधारणसँग भएको भारु कसरी साट्न सकिन्छ भन्ने बिषयमा खाका तयार पारिसके र त्यो खाका भारतलाई पठाइसकेको जानकारी पनि उनले गराए। ‘हामीले एउटा नमुना बनाएर भारतीय पक्षलाई दिइसकेका छौं, उनले भने, ‘त्यसैका आधारमा भारु नोट सट्ही गर्नुपर्छ ।’

गभर्नर नेपालले भारु भएकाले बैंकमा खाता खोल्नु पर्ने र त्यही खाता मार्फत भारु नोट सट्ही गर्ने व्यवस्था मिलाइने पनि बताए । ‘खाता खोल्ने व्यक्ति नै आफूले राखेको भारु नोटको जिम्मेवार हुने भएकाले त्यस्तो व्यवस्था गरिएको हो,’ उनले भने, ‘नक्कली भारु रहेछ भने पनि त्यसको जिम्मेवारी खातावालाले नै लिनुु पर्छ ।’

नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञावालीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा सफल कार्यकालको सुभकामना दिएका थिए ।

गभर्नर नेपालले भारतमा पनि ५०० र हजार दरका भारु नोट साट्न समस्या भएको बताए । त्यस्तो समस्या नेपालमा पनि छ, त्यसको समस्या समाधानमा आफू लागि परेको पनि उनले प्रष्ट पारे।

नेपालको बैंकिङ प्रणालीमा ५०० र हजार दरका ३ करोड ३६ लाख ९० हजार भारु नोट भएको जानकारी पनि उनले दिए । यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिणाममा भारु नोट छन् ।

गभर्नर चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय पक्षसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिबन्धित भारतीय नोटको समस्या हल गर्न भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) ले कार्यदल गठन गरिसकेको छ । उक्त कार्यदलले नेपालमा रहेका प्रतिबन्धित पाँच सय र हजार दरका भारतीय नोट साट्न आवश्यक कार्यविधि बनाइसकेको बताइएको छ ।

भारतले दुई साता अघि ठूला दरका भारु खारेज गरेपछि राष्ट्र बैंकले भोलिपल्टै ती नोट सटही नगर्न निर्देशन दिएको थियो । त्यही निर्देशनको पालना गरेर बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणसँग भएको भारु नोट साटेका छैनन् ।

उक्त कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बैंकप्रति सर्वसाधारणको बिश्वास रहेको बताए। हाल २८ वाणिज्य बैंक रहेको र उक्त बैंकमा सर्वसाधारणको १७ खर्ब ६४ अर्ब निक्षेंप रहेको जानकारी पनि गराए।

उक्त कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बैंकप्रति सर्वसाधारणको बिश्वास रहेको बताए। हाल २८ वाणिज्य बैंक रहेको र उक्त बैंकमा सर्वसाधारणको १७ खर्ब ६४ अर्ब निक्षेंप रहेको जानकारी पनि गराए । ‘हालसम्म १ करोड ३० लाखले बैंकमा खाता खोलेर राखेका छन्,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘बैंकलाई बिश्वास गरेकै कारण उक्त रकम सर्वसाधारणबाट जम्मा भएको हो ।

अध्यक्ष शाहले २८ वाणिज्य बैंकहरुले १४ खर्ब ३ अर्ब ऋण प्रवाह गरेको जानकारी पनि दिए । ७ लाख ५३ हजारले बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरेको बताए ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल, संघका सल्लाहकार तथा हिमालयन बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक राणा, संघका सल्लाहकार तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी, संघका सल्लाहकार तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशी, संघका उपाध्यक्ष  तथा  नेपाल बंगालादेश बैंकका ज्ञानेन्द्र ढुंगाना, संघंका सदस्य तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, संघका सदस्य तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, संघका सदस्य तथा लक्ष्मी बैंकका प्रमुुख कार्यकारी अधिकृत सुदेश खालिङ,लगायतले बैंक तथा वित्तीय संस्थाको अबस्था र बैंकले भोग्नु परेका समस्यालगायतका बिषयमा धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञावालीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा सफल कार्यकालको सुभकामना दिएका थिए । कार्यक्रममा रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली  र प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली तथा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल, रिपब्लिका अग्रेजी दैनिकका सम्पादक सुवास घिमिरेलगायतको उपस्थिति थियो ।

 

प्रकाशित: ८ मंसिर २०७३ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App