१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एम्बुलेन्स दुर्घटनाका घाइतेको अवस्था गम्भीर

खोटाङ -एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

दिक्तेल बजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रूपमा कार्यरत आचार्यको उपचारमा आर्थिक समस्या भएकाले परिवारले सहयोगको याचना गरेका छन्।

गत बिहीबार राति सप्तरीको कञ्चनपुर वेरियरमा रातको २ बजे भएको दुर्घटनापछि विराटनगरको गोल्डेन अस्पताल पु¥याइएका घाइते आचार्यको अझै होश खुलेको छैन।

आचार्यको शुक्रबार बेलुकी टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको उनका भाइ इन्द्रप्रसाद आचार्यले बताए। उनी खोटाङ सेवा समाज युकेले प्रदान गरेको एम्बुलेन्समा बिरामीलाई लिएर अस्पतालतर्फ गएका थिए। रोकेर राखेको ट्रिपरलाई ठक्कर दिँदा एम्बुलेन्स क्षतिग्रस्त बनेको छ। दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाइते भएका छन्।

ढुंगानाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आचार्यको उपचारमा आर्थिक समस्या भएको छ। दिक्तेल बजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रूपमा कार्यरत आचार्यलाई बचाउन परिवारले सहयोगको याचना गरेका छन्।

प्रकाशित: ६ आश्विन २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App