१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरी नदीमा बगेर मृत्यु, ६ घर विस्थापित

जाजरकोट- जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ। नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो। बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ।     

यसैबीच लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको नलगाड नगरपालिका–३ का छ घरपरिवार विस्थापित भएका छन्। छेप्का कैना सडकका कारण पहिरो जाँदा लुहारखेतका दलबहादुर पुन, भूमीलाल पुन, लक्ष्मीप्रसाद शर्मा र मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोडेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताए।    

“घर तल पहिरो जाँदैछ, घरमा माथिबाट जमीन चिराचिरा परेर धाँजा फाटेको छ”, शर्माले भने। त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरोको जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएको छ। रासस
 

प्रकाशित: ५ आश्विन २०७६ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App