१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अब साता कुर्नु नपर्ने:दुई दिन बिराएर पानी वितरण हुने

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५/६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ।     

वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ। महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो।     

खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ। वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताए।

उनका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ। पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उनले सेवाग्राहीलाई अनुरोध गरे। उनले भने, “वर्षातका कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम भइरहेको छ।”     

लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ। महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ।

महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ। रासस

प्रकाशित: ५ आश्विन २०७६ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App