१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सदरमुकामको मुखैमा फोहोरको डंगुर

सन्धिखर्कको अलुवाखोलामा रहेको डम्पिंग्साइड।

अर्घाखाँची - सदरमुकाम सन्धिखर्क छिर्ने बाटोको छेउँमै फोहोर फाल्ने गरिएको छ। फोहोर व्यवस्थापन गर्न उपयुक्त ठाँउको अभावमा बजारबाट उत्पन्न फोहोर बाटोमै फाल्ने गरिएकाे हाे। फोहोरका कारण सन्धिखर्क बजार छिर्ने मुख्यद्वारनै कुरुप देखिनुका साथै आगन्तुक पाहुनाहरुमा नकारात्मक संदेश प्रवाह गरेको छ।

‘नाक छोपेर हिंड्नुपर्ने बाध्यता छ, स्थानीय युवराज पाण्डेले भने,‘ देख्दा लाज लाग्ने भइसक्यो।’ समयमै व्यवस्थित गर्न नसके स्वास्थमा पनी गम्भीर असर पर्ने उनको भनाइ छ। सदरमुकाम सन्धिखर्कमा करिब २७ हजार जनसंख्या छ। जहाँ उत्पन्न फोहोर फाल्ने एकमात्र ठाउँ हो अलुवाखोलाको डम्पींगसाइड। बाटोको छेउमैं भएको उक्त ठाउँपनि साँघुरो र अव्यवस्थित हुदाँ समस्या उत्पन्न भएको हो।

सन्धिखर्कबाट निस्किएको फोहर फाल्नका लागि गोरुसिंगे–सन्धिखर्क सडकको अलुवाखोलामा सानो डम्पींगसाइड बनाइएको भए पनि त्यो क्षेत्र पनि व्यवस्थित छैन। सडकमै यत्रतत्र फोहर छरिएको छ। पैदल यात्रा गर्दा होस या सवारी साधनमा यात्रा गर्दा सबैले नाक छोप्नु पर्ने बाध्यता छ। खुल्ला स्थानमा फोहोर फाल्दा कुुकर, गाइ, गोरु लगायतका जनावरले समेत फोहोर यत्रतत्र छर्दा उक्त ठाउँ अहिले दिन प्रतिदिन दुर्गन्धित र कुरुप बन्दै गएको छ।

सन्धिखर्क नगरपालिकाले केही पहल भने नगरेको होइन। नगरपालिकाको वडा नम्बर–३ मा फोहोर व्यवस्थापन गर्न अर्को डम्पिङ्गसाइड बनाउने तयारी गरे पनि उक्त ठाँउमा स्थानीयवासीले विरोध जनाउँदै आएका छन्। ‘धेरै प्रयास गरिएको हो, तर सफल हुन सकिएको छैन, नगर प्रमुख कमलप्रसाद भुसालले भने,‘फोहोर व्यवस्थापनका लागी ट्रिपर, ट्याक्टर र केही कर्मचारी पनि नगरपालिकाले खटाएको छ।’

उचित ठाउँ नहुँदा यसलाइ समयमा  व्यवस्थापन गर्न नसकिएको उनको भनाई छ। ‘डम्पिङ्गसाइड बनाउन पनि धेरै ठाँउमा पहल ग-यौं, भुसालले भने, ‘फोहोर भनेपछि स्थानीयले ठाँउ दिदैनन्, विरोध गरिहाल्छन।’ मानव सभ्यता र सरसफाइसँग जोडिएको तथा मानव जिवनलाई प्रत्यक्ष असर पु-याउने फोहोरलाइ समयमा व्यवस्थापन गर्न सकिएन भने दिर्घकालीन रुपमा स्वास्थ्यमा  असर पु-याउनुका साथै वातावरण प्रदुषणले ठुलो असर पु-याउने सरोकारवाहरु बताउँछन्।

प्रकाशित: ५ आश्विन २०७६ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App