१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पेस्तोलसहित दुईजना नियन्त्रणमा

सर्लाही – सर्लाही प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार दुईजनालाई नियन्त्रणमा लिएको छ ।लालबन्दी नगरपालिका–५ मेजरगन्जनिवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई एक थान नलकटुवा पेस्तोल बोकेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा प्रहरीको टोलीले चेकजाँचका क्रममा पेस्तोल फेला पारेको हो ।

चेकजाँच गर्ने क्रममा राजेश महतो बीआर०६एजे ०८०६ नम्बरको मोटरसाइकल छाडेर भाग्ने क्रममा धानखेतमा रेनकोट (वर्षादी) समेत फालेर फरार भएका थिए । तत्कालै सो रेनकोट खोलेर हेर्दा सो पेस्तोल फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ठाकुरलाई भने उनी सवार ना६प २३९२ नम्बरको मोटरसाइकलसहित घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । फरार महतोलाई भने शनिबार लालबन्दी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App