१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाध्यक्ष गुरुङको निधन

चितवन - भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ। भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो।

गुरूङ क्यान्सर रोगबाट पीडित थिए।  उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी भउको थिए। उनका एक श्रीमती र तीन छोरा छन्। दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए। रासस

प्रकाशित: ४ आश्विन २०७६ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App