१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सत्याकृतको ‘हजार जुनी’ सार्वजनिक

काठमाडौं – सत्याकृत ब्याण्डको ‘हजार जुनी’ बोलको गीत सार्वजनिक भएको छ। सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले शुक्रबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेको हो।

विदुर न्यौपानेको शब्द संगीत रहेको ‘हजार जुनी’मा सुर साधुको स्वर रहेको छ। गीतको म्युजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन विजय गौतमले गरेका छन्।

नेपाल र मलेसियामा छायांकन गरिएको उक्त गीतको रेकर्डिङ्ग मुम्बईमा भएको हो भने गीतमा मिक्सिङ तथा मास्टरिङ आमिर शैखले गरेका छन्। सत्याकृत ब्याण्डले प्रकृती, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत प्रस्तुत गर्दै आएको छ।

प्रकाशित: ४ आश्विन २०७६ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App