१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मार्फामा नेपालीलाई निम्तो

मोहनसिंह लालचन

मुस्ताङको एउटा गाउँ मार्फा चौंडापात रायो, मार्फाली स्याउ र मार्फाली मायाका लागि प्रख्यात छ। स्वादिलो खाना र थकाली जीवनशैलीयुक्त गाउँमा प्राचीन घर तथा गुम्बा छन्। यतिबेला लटरम्म स्याउले बगैंचा राताम्मे भइसके। गाउँमा पर्यटकीय सुविधाका २२ वटा होटल छन्। त्यहाँ ५ सयदेखि ३ हजार रुपैयाँसम्मका कोठा पाइन्छ।

बेनीबाट मुक्तिनाथ जाने मोटर बाटो खुल्नु अघिसम्म मार्फामा पर्यटकको चहलपहल बाक्लो हुन्थ्यो। अचेल मार्फाको विषयमा जानकारी भएका पर्यटक मात्र रात बस्छन्। मार्फाबाट ७ किमि दुरीमा जोमसोम बजार छ। १५ मिनेट गाडी यात्रामा जोमसोम पुगिन्छ।

मार्फामै रात बसेर मुक्तिनाथ घुमेर फर्किन सकिन्छ। ‘मार्फामा पनि राम्रा होटल छन् भन्ने धेरैलाई जानकारी छैन’ होटल एसोसियन मार्फाका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘हामी मार्फामा पर्यटक बसाउने अभियान चलाउँदैछौं।’ 

मार्फाको कालो बोडी, आलु र एप्पल ब्रान्डी प्रख्यात छ। गाउँमा १७ वटा त कोसेली घरै छन्। भर्खरै खुलेको होटल एसोसियसन आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै छ।
सम्पर्क : मोहनसिंह लालचन : ९८०६७५५३५६

प्रकाशित: ४ आश्विन २०७६ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App