नेपाल र ताजिकिस्तान भिड्ने

शुक्रबार, ०३ असोज २०७६, १३ : ५५ नागरिक

काठमाडौं– जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ। जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ। 

यसअघि खेलेको अघिल्ला दुई खेलमा नेपालले एक अङ्क जोडेको छ। पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो। यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो।

यसअघि समान दुई खेल नै खेलेको ताजिकिस्तान दुवै खेलमा जित हासिल गर्दै छ अङ्क जोडेको छ। उक्त छनोट च्याम्पियनसिपमा विभिन्न ४८ वटा राष्ट्र सहभागी छन् जसलाई एघार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ए मा परेको छ। नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का  छन्।  

जारी प्रतियोगितामा ताजिकिस्तान शीर्ष स्थानमा छ भने जोर्डन दोस्रो स्थानमा छ। चार अङ्कका साथ कुवेत तेस्रो स्थानमा छ भने एक अङ्क बटुलेको नेपाल चौथो स्थानमा छ।

तीन खेल खेलेको श्रीलङ्का तीनै खेलमा पराजय भोग्दै अङ्क तालिकाको पुछारमा छ। प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad