१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संविधान दिवसमा बालाजु र रत्नपार्कमा निःशुल्क प्रवेश

काठमाडौं – काठमाडौं महानगरपालिकाले असोज २, ३ र ४ गते रत्नपार्क र बालाजु बाइसधारा पार्कमा जाने सर्वसाधारणलाई निःशुल्क प्रवेश दिने भएको छ । महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा पार्कमा निःशुल्क प्रवेशको व्यवस्था गरेको हो ।

सर्वसाधारणले उक्त पार्कमा प्रवेश गर्दा २५ रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । संविधान दिवसको अवसरमा सर्वसवाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिकलाई बताए । उनले भने, ‘संविधान दिवसमा तीन दिन सबै सर्वसाधारणले निःशुल्क रुपले घुमेर आनन्द लिउन पाउने व्यवस्था गरेका छौं ।’

उनका अनुसार संविधान दिवसका दिन टुँडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि समेत महानगरपालिकाले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचारलगायतको सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रम स्थललाई व्यवस्थापन गर्न फलामको पाइप राखेर ध्वजा पतकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने जस्ता काम पनि महानगरले गर्नेछ ।

महानगरपालिकाले विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभक्तिका विषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार त्यस्तैगरी प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागीमा सांस्कृतिक झाँकीसहितको -याली कार्यक्रम गरिनेछ ।

संविधान दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले सेना मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाईलगायतका कामका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रकाशित: ३ आश्विन २०७६ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App