१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान दिवसमा समाजवादी पार्टीको दोहारो भूमिका

काठमाडौं – संविधान जारी भएको दिन शुक्रबार समाजवादी पार्टीले दोहारो भूमिका निभाउने भएको छ। संविधान दिवसको दिन शुक्रबार समाजवादी पार्टीका नेताहरूले मौन बस्ने भएका छन्। उक्त दिन देशभर अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका नेताहरूले जनाएका छन्।

पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै संविधान जारी भएको दिन असोज ३ गते सात वटै प्रदेशका प्रदेश राजधानीमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रम गर्ने जनाएका छन्। पोहर सालदेखि समाजवादी पार्टी संविधान दिवसको दिन मौन बस्ने निर्णय गरेको हो।

समाजवादी पार्टीले संविधान दिवस नमनाए पनि उक्त पार्टी सरकारमा छ। २०७५ जेठ २२मा सरकारसँग दुई बुँदे सहमति गरी तत्कालीन संघीय समाजवादी फोरम नेपाल सरकारमा गएको थियो। सरकारमा समाजवादी पार्टीबाट तीन जना नेता मन्त्री भएका छन्। पार्टीकी उपाध्यक्ष रेणु यादवले संविधान दिवसमा मौन बस्न पार्टीले देशभर पार्टीका मातहतका समितिलाई सर्कुलर पठाएको बताइन्।

पार्टीको सर्कुलर पछि प्रदेश २ मा पनि पार्टी मौन बस्ने उनको भनाइ थियो। यता राष्ट्रिय जनता पार्टी नेपालले भने असोज ३ मा विरोध दिवस मनाउने भएको छ। उक्त दिन विरोध दिवस मनाउने निर्णय गरिएको राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताए।

प्रकाशित: ३ आश्विन २०७६ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App