१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधानको मर्म

काठमाडौं -
हाम्रो देश सुन्दर छ, अझै सुन्दर पारौं
समृद्ध नेपालको पाइला अघि यस

घुम्न आउने पर्यटकलाई हाम्रो छ सम्मान नेपाल भ्रमण वर्षको साझा आह्वान

कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकारहरू विभिन्न सांगीतिक धुनहरू प्रस्तुत गरेका थिए।

संविधान दिवस मनाउन सांस्कृतिक संस्थानले आयोजना गरेको ‘सारङ्गीमा देश’ नामक कार्यक्रममा कलाकारहरूले मंगल, सोरठी, असारे र मैथलीलगायत १६ वटा विभिन्न भाकाहरू सुनाएका थिए।

पर्यटन तथा नागरक उड्डयनमन्त्री योगेश भट्टराई सांगीतिक धुन सुन्न सहभागी भएका थिए। ‘नेपालको मौलिक संस्कृति झल्काउने गीत र संगीतहरूको जगेर्ना गरिनुपर्दछ। नेपालको मौलिक संस्कृति, परम्परा र संस्कारको प्रवर्धनका लागि नेपाल भ्रमण वर्ष –२०२० को आयोजना हुँदैछ। देशभरका विभिन्न समुदायहरूले विदेशी र स्वदेशी पर्यटकलाई केन्द्रित गरेर नयाँ शैलीका कार्यक्रमहरू ल्याएर पर्यटन क्षेत्रमा योगदान दिनसक्नेछन्,’ उनले भने। तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ। यसअघि बुधबार कलाकारहरूले सांगीतिक प्रस्तुति दिए।

माया नमार मायालु,
दिल नतोड मायालु,

तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोडा मायालु

गायिका ज्ञानु राणा र प्रेमध्वज प्रधानले गीत गाउँदै गर्दा दर्शकले तालीले साथ दिइरहेका थिए। सो कार्यक्रम कलाकारले विभिन्न जनजातिको मौलिकता झल्काउने भेषभूषासहित गीत र नृत्य प्रस्तुति दिएका थिए।

नेपाल भ्रमण वर्ष – २०२० को निम्ति तयार गरिएको गीतहरू समेत प्रस्तुत गरिएका थिए। कार्यक्रममा मौलिक भेषभूषामा सजिएर कलाकारले सुदूरपश्चिमको हुड्केली, थारुको सखिया, काठमाडौंको धिमे, राई समुदायको साकेला नृत्य प्रस्तुत गरेका थिए। ‘नेपालको मौलिक संस्कृति झल्काउने गीत र संगीतहरूको संरक्षणको लागि विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छौं।

नेपाल भ्रमण वर्ष –२०२० र संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्काउने गीत संगीत र नृत्यहरू प्रस्तुत भइरहेका छन् ,’ सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले भने, ‘संविधान दिवसलाई केन्द्रित गरेर सबै क्षेत्रको पहिचान हुने गरी सांस्कृतिक कार्यक्रम गरिएका छौं।’

प्रकाशित: ३ आश्विन २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App