१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ओसाका क्वार्टरफाइनलमा

टोकियो – जापानी महिला टेनिस स्टार नाओमी ओसाका बुधबार बुल्गेरियाकी भिक्टोरिया तोमोभालाई सोझो सेटमा पराजित गर्दै पान प्यासिफिक ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन्।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी ओसाकाले पहिलो खेलमा बाई पाएकी थिइन्। शीर्ष वरीयताकी ओसाकाले वेस्टर्न जापानमा भएको खेलमा १ सय ८१औं वरीयताकी तोमोभाविरुद्ध ७–५,६–३ को जित हात पारिन्।

ओसाका गत महिना सम्पन्न युएस ओपनको अन्तिम १६ बाट बाहिरिएकी थिइन् । ओसाकाले गत साता प्रशिक्षक सान्चा बाजिनसँगको सम्झौता तोडेकी थिइन्। विश्व नम्बर एकबाट चौथोमा झरेपछि उनले प्रशिक्षकसँगको सम्झौतामा पूर्णविराम लगाएकी थिइन्। ओसाकाको यो निर्णयले सबै आश्चर्यमा परेका थिए। बाजिनकै प्रशिक्षणमा ओसाकाले २०१८ मा युएस ओपन र जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि जित्दै सनसनी मच्चाएकी थिइन्।

प्रकाशित: २ आश्विन २०७६ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App