१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महासंघको महानिर्देशकमा खतिवडा नियुक्त

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ। नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार पदबहाली गरेको महासंघले जनाएको छ। खतिवडा नेपाल सरकारका पूर्वसचिव हुन्।

खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरिसकेका छन्। पदवहालीपछि महासंघका कर्मचारीलाई सम्बोधन गर्दै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा उच्च पार्दै यसका मूलभूत उद्देश्य सफल पार्ने कार्यमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

खतिवडाले महासंघप्रति यसका सदस्य संघ/संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पूरा गर्नेतर्फ सधैं सचेत र सक्रिय रहनुपर्नेमा जोड दिए।

प्रकाशित: २ आश्विन २०७६ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App