१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिगमार्टको चाडपर्व लक्षित अफर

काठमाडौं– विगमार्टले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ। दशैं, तिहार तथा छठपर्वको अवसर पारेर विगमार्टले आफ्नो ब्राण्डको सामान खरिदमा छुट अफर ल्याएको हो। विगमार्टले मंगलवार एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना विभिन्न १ सय ७५ वस्तुमा छुटको व्यवस्था गरेको जानकारी दिएको हो।

विगमार्टले मुख्य आकर्षण अन्तर्गत सनफ्लावर तेलदेखि जिरा मसिनो चामलसम्मका खाद्यान्नमा छुट अफर गरेको छ। जस अनुसार अम्रित सन फ्लावर तेल प्रतिलिटर ५ रुपैयाँ छुट, मुसुरो दालमा प्रतिकेजी १५ रुपैयाँ छुट, चिउरा प्रतिकेजी १० रुपैयाँ, रातो चना प्रतिकेजी ६ रुपैयाँ, डिडिसी घिउ प्रतिकेजी ५० रुपैयाँ, धाँ तेल प्रतिलिटर १८ रुपैयाँ र चिनी प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिएको विगमार्टले जानकारी दिएको हो। विगमार्टका अनुसार जिरामसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैयाँ छुट गरिएको विगमार्टले जानकारी दिएको छ।

विगमार्टले आफ्ना ३७ वटै शाखामा चाडपर्व लक्षित छुटको अफर गरिएको जानकारी दिएको हो। यसअघि पनि नौ वर्ष अघि यस्तै अफर लिएर बजारमा गएको र विगमार्टले उपभोक्ताको मन जित्न सफल भएकाले यस वर्ष पनि उपभोक्ता सामु छुट अफर ल्याएको विगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए। सरकारले समेत निजी क्षेत्रलाई सुपथ मूल्य पसल सञ्चालनका लागि आह्वान गरेकोले चाडपर्वमा छुटसहित बजारमा आउन सजिलो भएको उनको भनाई छ। 

सन् २००९ मा काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरमा पहिलो बिगमार्ट स्टोर सञ्चालनमा ल्याइएको थियो। त्यसपछि बिग मार्टले आफ्नो सञ्जाल विस्तार गर्दै गएको छ। हाल विगमार्टका ३७ वटा शाखा रहेका छन्।

प्रकाशित: १ आश्विन २०७६ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App