१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकारको विरोधमा कपाल मुण्डन

सोल – सरकारको विरोध गर्ने विभिन्न देशमा विभिन्न शैली हुन्छन्। यसैबीच दक्षिण कोरियाली विपक्षी नेताहरुले सरकारको विरोध गर्न अपनाएको शैलीले विश्वको ध्यान खिचेको छ। सरकारको विरोध गर्नका लागि दक्षिण कोरियाका एक विपक्षी नेताले आफ्नो कपाल मुण्डन गरेका छन्। ह्वाङ क्यो–अहान नामका ती नेताले सरकारको विरोध गर्नका लागि सोमबार साँझ राष्ट्रपतीय दरबार अगाडि समर्थक र पत्रकारहरुका अगाडि आफ्नो टाउकोमा रहेको सबै कपाल खौरिएका हुन्।

परिवारका सदस्यमाथि भ्रष्टचारको अभियोग लागेका चो कुक नामका एक नेतालाई सत्तारुढ दलले न्याय मन्त्री बनाएको विरोधमा दक्षिण कोरियामा प्रदर्शन भइरहेका छन्। यही प्रदर्शनलाई समर्थन गर्दै विपक्षी नेता ह्वाङले आफ्नो कपाल मुण्डन गरेका हुन्। सरकारको यही निर्णयको विरोध गर्दै गत साता पनि दुई महिला सांसदले आफ्नो केश मुण्डन गरेका थिए। सरकारको विरोधमा कपाल मुण्डन गर्ने तीनैजना नेता दक्षिण कोरियाको कन्जरभेटिभ राजनीतिक धारबाट उदाएका नेतृत्व हुन्। उनीहरुले राष्ट्रपति मुन जाय–इन नेतृत्वको वर्तमान सरकारको विरोध गरिरहेका छन्।

प्राध्यापकसमेत रहेकी नवनियुक्त न्यायमन्त्री चोकी श्रीमतीले आफ्नी छोरीलाई विश्वविद्यालयमा प्रवेश गराउन र छात्रवृत्ति सुरक्षित गर्नका लागि जालसाजीपूर्ण सामग्री तयार गरेको भन्दै विश्वविद्यालयका अन्य विद्याथीलाई आक्रोशित बनेका थिए।

उनीहरुले हालसालै नियुक्त भएका न्यायमन्त्री चोको राजीनामा वा उनलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन्। वर्तमान राष्ट्रपति मुन जाय–इनका नजिकका सहयोगी एवं कानुनका पूर्वप्राध्यापक चो कुक गत सातामात्रै दक्षिण कोरियाका न्यायमन्त्री नियुक्त भएका थिए। तर उनको परिवारमाथि शैक्षिक धोखाधडी र वित्तीय अपराधको निरन्तर आरोप लगाइए पनि उनलाई राष्ट्रपति मुनले न्यायमन्त्रीमा नियुक्त गरेको भन्दै उनका आलोचक क्रोधित छन्।

प्राध्यापकसमेत रहेकी नवनियुक्त न्यायमन्त्री चोकी श्रीमतीले आफ्नी छोरीलाई विश्वविद्यालयमा प्रवेश गराउन र छात्रवृत्ति सुरक्षित गर्नका लागि जालसाजीपूर्ण सामग्री तयार गरेको भन्दै विश्वविद्यालयका अन्य विद्याथीलाई आक्रोशित बनेका थिए। अभियोजनकर्ताहरुले नवनियुक्त मन्त्री चोका अर्का नातेदारमाथि लागेको इक्विटी कोषमा लगानी गरेको विषयसँग सम्बन्धित आरोपमा पनि अनुसन्धान गरिरहेका छन्।

पछिल्ला केही साताभित्र अभियोजनकर्ताहरुले चोको परिवारसँग सम्बन्धित रहेर कैयौं छापासमेत मारेको छ। मन्त्री नियुक्त हुनुपूर्व भएको सुनुवाईमा उनले आफ्नी छोरीले पाएको भनेको विशेष सुविधालाई लिएर युवा पुस्तासमक्ष माफसमेत मागेका थिए। यद्यपि उनले देशका न्याय प्रणालीमा व्यापक सुधारका लागि आफूले मन्त्री पद सम्हाल्न चाहेको पनि बताएका थिए।

राष्ट्रपति मुनले भने मन्त्री चोमाथि लागेका आरोप प्रमाणित भइ नसकेकाले आरोपकै आधारमा कसैलाई पनि नियुक्त नगर्नु खराब नजीर हुने बताउँदै आएका छन्। तर यो विषय दक्षिण कोरियामा वर्ग विशेषाधिकारको बारेमा सार्वजनिक बहसको कारण बन्न पुगेको छ। दक्षिण कोरियामा पछिल्ला वर्ष भ्रष्टाचारका विविध घटना सार्वजनिक भइरहेका छन्।

प्रकाशित: १ आश्विन २०७६ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App