१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१३औं सागका लागि बक्सिङ छनोट सम्पन्न

काठमाडौं– घरेलु मैदानमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मंगलबार बक्सिङमा १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो।

यसअघि सोमबार पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट हुँदा मंगलबार पनि पुरुषमा ५ र महिलामा ३ खेलाडीले १३औं सागको यात्रा तय गरेका थिए। आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमै हुने १३औं सागमा बक्सिङका कुल १६ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

मंगलबार पुरुषतर्फआर्मीका ४९ केजीमा सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए। फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकको आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई अंककै आधारमा ३–२ ले स्तब्ध बनाएका थिए।

विकासले भने फाइनलमा प्रदेश–३ का मनीष डंगोललाई अंकको आधारमा ४–१ ले निराश बनाए। पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए। दीपकले फाइनलमा प्रदेश–३ का भूमिलाल दिवसलाई अंकको आधारमा ५–० ले पराजित गरेका थिए।

मनोहरले भने फाइनलमा आर्मीका गणेश प्रधानलाई अंकको आधारमा ३–२ ले हराउन सफल भए। महिला ५४ केजीमुनि तौलसमूहमा आर्मीकी मिनु गुरुङ र ५७ केजीमुनि पनि आर्मीकै चन्द्रकला थापा छनोट भए।

फाइनलमा मिनुले नेपाल पुलिसकी निशा तामाङलाई अंकको आधारमा ५–० ले हराउँदा चन्द्रकलाले माया चौधरीलाई ५–० ले नै निराश पारिन्। ६४ केजीमुनि आर्मीकी पुनम रावल छनोट हुँदा फाइनलमा एपिएफकी विनीता थापामगरलाई अंकको आधारमा ३–२ ले स्तब्ध बनाइन्।

यसअघि सोमबार पुरुषतर्फ  ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भूपेन्द्र साही, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए। महिलातर्फ भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका छन्।

नेपाली बक्सिङ टोलीले ‘ए’ र ‘बी’ दुई समूह गरी १३औं सागको प्रशिक्षण गर्दै आइरहेको थियो। ‘ए’ गत जेठ १२ गतेदेखि प्रशिक्षण गरेको थियो भने ‘बी’ टोलीले साउन १६ देखि क्लोज क्याम्पको प्रशिक्षण सुरु गरेको थियो। १३औं सागका लागि छनोट भएका १६ खेलाडीले बिहीबारदेखि नियमित प्रशिक्षण थाल्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए।

उनीहरूले सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिसरको प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्नेछन्। उक्त प्रशिक्षणमा ‘बी’ टिमका खेलाडीले पनि स्पाइरिङ पार्टनरका लागि प्रशिक्षण गर्नेछन्। १३औं सागका लागि छनोट भएका १६ खेलाडीले बिहीबारदेखि नियमित प्रशिक्षण थाल्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए।

 

प्रकाशित: १ आश्विन २०७६ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App