१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्वतन्त्र छैन मानिस

काठमाडौं – घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ। गत भदौ २२ देखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजना भइरहेको ‘अमाल्गम’ नामक कला प्रदर्शनीमा झुन्डिइएको क्यानभासमा घोडाले मानिसको जस्तै निलो टिसर्ट लगाएको छ।

चित्रकार पृथ्वी श्रेष्ठले क्यानभासमा कोरेको सो घोडालाई मानिसको जीवनशैलीसँग तुलना गरिएको छ। मानिसको व्यस्त जीवनशैलीमाथि व्यंग्य गर्दै कोरिएको सो चित्रकलामा स्वतन्त्रताको कुरा गरिएको छ। मानिस सामाजिक प्राणी भएकाले जिम्मेवारीबाट बाँधिएको यथार्थलाई उनले चित्रमार्फत प्रस्ट्याएका छन्। ‘विभिन्न जिम्मेवारीले बाँधिएको मानिससँग आफ्ना लागि दिने समय कहिल्यै हुन्न्। सामाजिक जिम्मेवारीले थिचेको मानिसको आस्था कहिल्यै राजनैतिकतर्फ हुन्छ त कहिल्यै भगवानप्रति हुन्छ। स्वतन्त्र भएर मानिसले कहिल्यै बाँच्न सकेको छैन्,’ उनले भने।

कला प्रदर्शनीमा ५४ जना कलाकारको ९१ वटा कलाहरू प्रदर्शनमा राखिएका छन्। चित्रकार विधाता केसीको ‘स्ट्रक्चरल ब्युटी’ नामक सिरिजका केही चित्रकलाहरू प्रदर्शनीमा राखिएको छ। मुस्ताङको प्राकृतिक सौन्दर्यको परिभाषालाई थिम बनाएर काम गरिरहेकी चित्रकार केसीले यसपटक मुस्ताङको माटो र ढुंगाको समिक्षणबाट बनाइएका घरदेखि बसोबास गर्ने मानिसको पुरानो रहनसहनलाई क्यानभासमा प्रस्तुत गरेकी छन्। ‘मुस्ताङको माटो र ढुंगाको समिश्रणबाट बनाइएका घरदेखि बसोबास गर्ने मानिसको पुरानो रहनसहनलाई क्यानभासमा समेटेको छु, ’उनले भनिन्, ‘त्यहाँको संस्कृति झल्काउने पुराना घरहरु जोखिममा छन्।’

मुस्ताङको प्राकृतिक सौन्दर्यको परिभाषा दिने माटो र ढुंगाको समिक्षणबाट बनेका घरदेखि मानिसको रहनसहनका चित्रकला प्रदर्शनीमा राखिएका छन्।

चित्रकार नम्रता सिंहको ‘लभ विथ नेचर’ नामक चित्रकलामा मानिस र प्रकृतिबीचको आत्मीय सम्बन्धलाई जोड दिइएको छ। प्रविधिसँग रमाइरहेका मानिसलाई प्रकृतिसँग प्रेम र सम्मान गर्न प्रोत्साहित गरिरहेको छ। त्यस्तै चित्रकार सुनिता महर्जनले कौसी सिरिज अन्तर्गतको कलामा विभिन्न कपडाको प्रयोग गरेकी छ। शहरीकरणका कारण जग्गा अभावमा काठमाडौंबासीको जीवन कौसीमा साँधुरिदैं भएको भावलाई कलामा प्रस्तुत गरिएको छ। ‘कौसीसँग काठमाडौंबासीको जीवन जोडिदैं गएको छ। शहरीकरणको कारण जग्गा अभाव भएपछि कौसीमा रमाउन थालेका मानिसको कथालाई कलामार्फत देखाएको छु,’उनले भनिन्। सन् २००७ देखि सुरु भएको ‘अमाल्गम’ को७लउबलश्रयो आठौं संस्करण हो। चित्रकार आनी तेञ्जिङ शेर्पा, आशा डंगोल, भाइराजा महर्जन, भूषण दुलाल, विनोद प्रधान, इरिना ताम्राकार, हितमान गुरुङ, एससी सुमन, सिलाशा राजभण्डारी र श्रद्धा श्रेष्ठलगायत कलाकारहरूको कला प्रदर्शनीमा राखिएका छन्।

चित्रमा अनेकौ रङ प्रयोग गर्न रुचाउने चित्रकार मनिषलाल श्रेष्ठको ‘मेड इन माइन्ड’ नामक कला रोचक देखिन्छ। अर्का चित्रकार सुदर्शन रानाले काठबाट बनाइएको कलात्मक मूर्तिकलासमेत प्रदर्शनीमा समेटिएका छन्। प्रदर्शनी असोज १ सम्म चल्नेछ।

प्रकाशित: १ आश्विन २०७६ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App