१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लेखापढी तथा घरजग्गा व्यवसाय स्थलगत दर्ता

भक्तपुर- भक्तपुर नगरपालिकाभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यबसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ।

आज नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा यहाँ सञ्चालित १४ वटा लेखापढी व्यवसाय तथा घरजग्गा कारोबार व्यवसायीहरुको अनुगमनमा अधिकांशले नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि नगरपालिकाले तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ।    

अनुगमनमा खोताड्ड सुनसरी लेखापढी, बिन्ध्यबासिनी लेखापढी, अमु कानुनी सेवा भक्तपुर नगरपालिकामा दर्ता नगरकाले तीन दिनभित्र दर्ता गर्न एवं सेवा शुल्कको सूची राख्न, शुल्कको लेनदेन पान नम्बरसहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाणपत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।    

भिमसेन लेखापढी एउटा मात्र दर्ता गरेको भेटिएको र त्यसमा पनि सेवा शुल्कको सूची राख्न, शुल्कको लेनदेन प्यान नम्बरसहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाणपत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको छ।    

सिन्धु कानूनी सेवा तथा लेखापढी केन्द्र, मन्थली लेखापढी, कामख्या लेखापढी तथा कानूनी सेवा, फ्रेण्डस कानुनी सेवा, जय बाराही लेखापढी, सुन्दर पुरीको ल फर्म, मनकामना लेखापढी, सहयात्री लेखापढी कानूनी सेवा, जय पाथीभरादेवी कानुनी सेवा तथा लेखापढी सेन्टर, सुजन कार्कीको लेखापढी, होमनाथ अधिकारीको लेखापढी र सुगन राजन मगरको भोजनालयमा अनुगमन गरी १० वटालाई अनुगमनकै क्रममा दर्ता गराएको प्रजापतिले जानकारी दिए।

समितिले हिजो पनि मालपोत आसपास सञ्चालित १४ वटा फर्ममा अनुगमन गरी १३ वटालाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको थियो। रासस    
 

प्रकाशित: ३१ भाद्र २०७६ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App